एनआरएनए यूकेका सापकोटाले आईसीसी उपमहासचिव पदमा उम्मेदवारी दिने

SHARE:

लन्डन १२ अगस्ट २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) प्रवक्ता सोम सापकोटाले आगामी कार्यकालको उपमहासचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।

संघको स्थापना कालदेखि नै विभिन्न पदीय जिम्मेवारीमा रहेर निरन्तर सक्रिय उनले सन् २०२३-२५ को लागि उपमहासचिव पदमा उम्मेदवारी दिने भएका हुन् । ‘संस्थाको सुदृढिकरण, पूर्ण व्यवस्थित साथै विश्वभरि छरिएर रहनुहुने प्रवासी नेपालीहरूलाई एउटै छानामुनि केन्द्रित गर्दै भाईचाराको सम्बन्ध विकास गर्दै प्रवासमा बस्ने नेपालीहरुको साझा संगठन निर्मणमा क्रियाशिल हुने र गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयबाट जे जति डेलिभरी हुनुपर्ने हो हामीले दिन सकेका छैनौ । हाम्रो सचिवालयलाई व्यवस्थित, मर्यादित, पारदर्शी प्रविधिमैत्री क्रियाशिल बनाइ संघका नियमित रुमामा हुने बैठक, सेमिनार गोष्ठी अनि सभा,सम्मेलन परिमार्जित गर्दै नीतिगत अस्पष्टतालाई सम्बोधन गराई एकत्रित गतिशील गैर आवासीय नेपाली संघ निर्माणमा केन्द्रित हुने उद्देश्य सहित मेरो उमेद्वारी रहेको छ’- सापकोटाले वक्तव्यमार्फत् भनेका छन्।

सन् २००६ मा गैरआवासीय नेपाली संघ पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे। उनी सन् २०११ -२०१३ सम्म संघको केन्द्रिय सदस्य, सन् २०१५ -२०१७ युरोप उपसंयोजक र सन् २०१७ -२०१९ अन्तरराष्ट्रिय समन्वय परिषदको सहकोषाध्यक्षमा निर्वाचित भए । यसैगरी सन् २०१९ -२०२१ केन्द्रीय सल्लाहकार भएर संघमा योगदान गरेका सापकोटा हाल संघको प्रवक्ताको जिम्मेवारीमा छन् ।

लामो समयदेखि संघमा निरन्तर सक्रिय सापकोटाले थुप्रै अभियान तथा कार्यक्रमको नेतृत्व गरेका छन् । नेपालमा संघको माध्यमबाट ई-लाइब्रेरी स्थापना गराएका उनले नेपालको पर्यटन प्रवर्द्धन र बिस्तार गर्न तथा प्रवासी नेपालीलाई नेपालमा लगानी गरेर रोजगारी बढाउन विशेष भूमिका खेलेका छन् ।

लामो समयदेखि संघको आबद्धता र अनुभव संगालेका सापकोटाले संघमार्फत् नेपाल र नेपालीका लागि थप योगदान दिने उद्धेश्य लिएका छन् । संघका अग्रज अभियन्ताहरुको सल्लाह र परामर्शमै उपमहासचिवमा उम्मेद्ववारी दिन लागेका उनले संसारभरका समस्त गैरआवासीय नेपालीको साथ र विश्वास जितेर सेवा गर्ने अवसर पाउने आशा राखेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!