वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङ बेलायतमा

SHARE:

लण्डन १२ अगस्ट २०२३ ।

सोंपाल समाज यूकेको निमन्त्रणामा वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङ बेलायत आइपुगेका छन् ।

तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिका सल्लाहकारसमेत रहेका ताराबहादुर गुरुङ लोक संस्कृति र कला क्षेत्रमा विशेष योगदान पुर्‍याएबापत विशेष सम्मान ग्रहण गर्न, चलचित्रको प्रिमियर शो र नेपाली मेलाका लागि बिहीबार लन्डन आइपुगेका हुन् ।

नायक गुरुङको स्वागतका लागि सोंपाल समाज यूकेका अध्यक्ष श्रीप्रसाद गुरुङ, फस्ट लेडी मनदेवी गुरुङ, वरिष्ठ उपाध्यक्ष जगदीश गुरुङ, निवर्तमान अध्यक्ष तथा ट्रस्टीज युक्त गुरुङ, पूर्वअध्यक्ष क्या‍प्टेन प्रेम गुरुङ, महासचिव भरत गुरुङ, ट्रस्टी क्याप्टेन चित्र गुरुङ, सल्लाहकार क्या रामकाजी गुरुङ, ट्रस्टीज दिपक गुरुङ, टेक गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष नइन्द्र गुरुङ, गीता गुरुङ, कृष्णा गुरुङ, तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवशरण गुरुङलगायत पदाधिकारी, कार्यसमिति सदस्य, शुभचिन्तक, शुभेच्छुक एयरपोर्ट पुगेका थिए ।

गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई हिथ्रो एयरपोर्टमा स्वागत गर्न पाउँदा आफू र सोंपाल समाज यूके परिवार अत्यन्तै खुसी भएको महासचिव भरत गुरुङले बताए । सञ्चारकर्मीसँग विमानस्थलमा कुराकानी गर्दै नायक गुरुङले बेलायत आउन पाउने भएपछि खुसीको सीमा नरहेको र यात्रा खुसीमय रहेको तथा सोपाल समाजको छोरा भएर जन्मनु भाग्यमानी ठानेको बताए । उनले सोपाल समाजबाट स्वागत, सम्मान र मायालाई जिन्दगीभर नभुल्ने र आफूले लिएको बाटो कला, संस्कृतिलाई अझै उजागर गरेर लैजाने प्रतिबद्धता जनाए ।

स्याङ्जाको दरौं गाउँमा जन्मिएका गुरुङ हाल कास्कीको पोखरा बस्दै आएका गुरुङ पहिलो पटक बेलायत आएका हुन् । उनी तीन दशकभन्दा बढी समयदेखि कला संस्कृतिको क्षेत्रमा सक्रिय छन् । गुरुङकै चलचित्र सोंपाल समाज यूकेको आयोजनामा बेलायतको आउँदो सेप्टेम्बर १० मा ह्यारो पोस्ट अफिसमा प्रदर्शन हुने भएको छ ।

उक्त कार्यक्रम र तमुधिं यूकेले यही २७ अगस्टमा आयोजना गर्ने नेपाली मेलामा सहभागी भएर ताराबहादुर गुरुङको कला हेरिदिन सोंपाल समाज यूकेका अध्यक्ष श्रीप्रसाद गुरुङले बेलायतवासी नेपालीलाई आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!