लण्डन बरो अफ ब्रेन्ट काउन्सिलका क्याबिनेट मेम्बरहरु संग तमु समाज युकेको भेटघाट

SHARE:

 शिबशरण गुरुङ –

लण्डन। तमु समाज युकेले लन्डन बरो अफ ब्रेन्टका नव निर्बाचित काउन्सिलका क्याबिनेट मेम्बरहरु संग वेम्बली स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा २७ जुलाई २०१८को साँझ भेटघाट गरेको छ। तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गरुङको सभापतित्वमा महासचिब हर्क बहादुर गुरुङले संचालन गरेको भेटघाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि लण्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर काउन्सिलर मोहमद बट, बिषेस अतिथिमा ब्रेन्टका निबर्तमान मेयर काउन्सिलर भगवानजि चौहान र अन्य अतिथिहरुमा काउन्सिलर जेम्स अलि, काउन्सिलर सकिब बट, काउन्सिलर त्रुप्ति संगानि, काउन्सिलर क्रुपा सेठ र काउन्सिलर थोमस स्टेफेनलाई समाजका अध्यक्ष शिव चन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, आमा समुहका अध्यक्ष बिन्दु घले र पुर्ब अध्यक्ष शिवशरण गुरुङले खादा लगाई स्वागत गरि बधाई दिदै भेटघाट गरेको थियो।कार्यक्रममा निबर्तमान मेयर तथा काउन्सिलर भगवनजि चौहानका धर्मपत्नि र काउन्सिलर त्रुप्ति संगाईका पति पनि उपस्थित थिए। कार्यक्रमका संचालक तथा महासचिबले प्रारम्भमा हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारि र त्यसपछि अतिथिहरुको संक्षिप्त परिचय बताउदै समाजको तर्फबाट नव निर्बाचित काउन्सिलरहरुलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई पनि ज्ञापन गरेका थिए।भेटघाट कार्यक्रममा तमु समाज युकेका उपाध्यक्ष शिव कुमार गुरुङले उपस्थित काउन्सिलरहरुलाई संस्थाको संक्षिप्त परिचय सहित तमु समाज युके नेपलिज कम्युनिटि सेन्टरको रिनोभेसन कार्य, संचालन, ब्यबस्थापन र प्रयोगको बारेमा श्रब्य चित्र र पावर पोईन्ट बाट बृस्त्रृत जनाकरि गराएका थिए। कार्यक्रममा समाजका अध्यक्ष शिव चन्द्र गुरुङले धन्यबाद मन्तब्य राख्नु भएको थियो। उक्त अबसरमा तमु समाज युकेले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुन पाउदा लण्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर कउन्सिलर मोहमद बट, निबर्तमान मेयर काउन्सिलर भगवानजि चौहान लगायत सबै अतिथि काउन्सिलरहरुले अत्यन्त खुशि ब्यक्त गर्दै तमु समाज युकेलाई आभार सहित हार्दिक कृतज्ञता ब्यक्त गरेका थिए।भेटघाट कार्यक्रमको मन्तब्त राख्नेा क्रममा सबै अतिथिहरुले ब्रेन्ट काउन्सिलको कम्यनिटि ऐसेट ट्रान्सफर योजना अन्तरगत समाजले प्राप्त गरेको तमु समाज युके नेपलिज कम्युनिटि सेन्टरको रिनोभेसन कार्य, यसको संचालन, ब्यबस्थान र प्रयोग बाट अत्यन्त प्रभाबित हुँदै यस सेन्टरबाट तमु समाज युके लगायत लोकल कम्युनिटिहरु तथा नेपलिज कम्युनिटिहरुले प्राप्त गरेको फाईदा र यस सेन्टरको संचालनबाट आम जनमानास र समाजमा परेको सकरात्मक प्रभावको प्रसंशा गर्दै तमु समाज युकेलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। यस प्रकारका उदाहरणिय असल कार्यहरुको निरन्तरता समाजले सदाजारि राख्नु पर्ने पनि सबै अतिथिहरुले मन्तब्यमा बताएका थिए। अत्यन्तै सौहद्र तथा पारिवरिक बातावरणमा सम्पन्न भेटघाटको कार्यक्रमको अन्तमा सम्पुर्ण अतिथिगण तथा उपस्थित महानुभवहरु रात्रि भोजमा सरिक भएका थिए। कार्यक्रमको फोटोग्रफि युवा समूहका अध्यक्ष ओमकार गुरुङ र खानाको ब्यबस्थापन उपाध्यक्ष कन्य प्रसाद गुरुङ र पुर्ण घलेले गरेका थिए। भने कार्यक्रम लाइ सफल बनाउनु ठुलो भूमिका खेल्ने उपाधछ्या शिव कुमार गुरुङ, समाज घर को मेनेजर बाबुराम गुरुग, सहयेक मेनेजर यम बहादुर गुरुङ र इमान घले, तमु समाज युकेका सल्लाहकारज्युहरु, कार्यसमितिका पदाधिकारिज्युहरु, आजीवन सदस्यज्युहरु, आमा समुह, युवा समुह, सम्पूर्ण शुभचिन्तक दाज्युभाई तथा आमा समुहका अध्यक्ष बिन्दु घले र आमा समूह लाइ दिलोज्यान लगएर कार्यक्रम लाइ सफल बनाउनु ठुलो भूमिका खेल्ने खेलेको मा अधछ्या बाटा धन्यबाद दिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!