अधिवक्ता पाण्डेलाई कारबाही गर्न बेलायतवासी तामाङ र मगर समुदायको माग

SHARE:

लन्डन १५ अगस्ट २०२३ ।

बेलायतवासी तामाङ र मगर समुदायको अगुवा संस्थाहरुले आफ्ना समुदायलाई आँच पुर्‍याउने अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई चाँडो कारबाही गर्न माग गरेका छन् ।

नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालमार्फत मंगलबार ज्ञापनपत्र बुझाउँदै तामाङ सोसाईटी अफ यूके र मगर संघ यूकेले नेपाल सरकारसँग अधिवक्ता पाण्डेलाई कानुनबमोजम अविलम्ब कारबाही गर्न माग गरेका हुन् ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन कार्यक्रममा मगर, तामाङ समुदायमा दाजुबहिनीबीच विवाह हुन्छ भन्ने तथ्यहीन अभिव्यक्ति दिएर सिंगो समुदायलाई अपराधिकरण गर्न खोजिएको भन्दै बेलायत, नेपालसहित विश्वभरका ती समुदाय आन्दोलित छन् ।

यस्तै पक्राउ पुर्जी जारी गर्दा पनि पाण्डेलाई पक्राउ नगरिएको भन्दै धर्ना दिनु टेकु प्रहरी परिसरमा पुगेका अभियन्तामाथि प्रहरीले अमानवीय कार्य र दमन गरेर सम्पूर्ण नेपालीहरुको वाक स्वतन्त्रता, मौलिक अधिकार र मानवअधिकारको समेत हनन भएको भन्दै दुवै संस्थाले घोर विरोध तथा भर्त्सना गरेका छन् ।

दूतावासमा ज्ञापनपत्र बुझाउन तामाङ सोसाइटी यूकेका अध्यक्ष ज्ञानबहादुर तामाङ, मगर संघ यूकेकी अध्यक्ष सिता पुन मगरलगायत अभियन्ताहरु पुगेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!