नेपालका गृहमन्त्री श्रेष्ठसँग एनआरएनए यूके अध्यक्ष गाहामगरको भेट, नागरिकता र गोर्खा मुद्दामा छलफल

SHARE:

लन्डन १७ अगस्ट २०२३ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) अध्यक्ष प्रेम गाहामगरले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका छन् । अध्यक्ष गाहामगरले बुधबार सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर मन्त्री श्रेष्ठलाई ज्ञापनपत्रसहित सो आग्रह गरेका हुन् ।

झण्डै ४५ मिनेट लामो भेटमा गाहामगरले एनआरएनए यूकेको भ्रम र यथार्थ, बेलायतमा नेपालीको अवस्था, बेलायतका गैर आवासीय नेपालीले मातृभूमिका लागि गर्न सक्ने योगदान लगायत समसामयिक विषयमा कुरा भएको जनाए । एकसाता अघिमात्र कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई बुझाए जस्तै ज्ञापनपत्र गृहमन्त्रीलाई पनि हस्तान्तरण गरेको गाहामगरले बताए ।

ज्ञापनपत्रमा वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न माग छ । ‘गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन गैरआवासीय नेपाली संघ यूके नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ’, ज्ञापनमा भनिएको छ ।

गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

अगष्ट अन्तिमसम्म नेपालमा रहंदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत शीर्ष नेतालाई भेट्ने तय भइसकेको अध्यक्ष गाहामगरले जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!