बेलायतमा २० अगस्टमा गोर्खासम्बन्धी बृहत् आमसभा हुने

SHARE:


लन्डन १८ अगस्ट २०२३ । १० वटा भूतपूर्व गोर्खा संगठनहरुको समूह ‘जी टेन’ले पहिलोपटक संयुक्तरुपमा बृहत् आमसभा गर्ने भएको छ ।

जी टेनले ग्रेन्ज कम्युनिटी जुनियर स्कुल हल, फार्नबरोमा आउँदो २० अगष्ट मध्याह्न आमसभा गर्न लागेको जनाएको छ । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटुजी) वार्ता विलम्ब भइरहेका बेला राजदूत ज्ञानचन्द्र आचार्यकै उपस्थितिमा हुन लागेको उक्त आमसभामामा सहभागी हुन आयोजकले सबैमा अपिल गरेका छन् ।

यसअघि सेप्टेम्बरसम्ममा जीटुजी वार्ता टुंगो लगाउने बताइए पनि निकै समयपछि अब हुने वार्ताका लागि भूतपूर्व गोर्खा र नेपाली दूतावासको तयारी एवं रणनीति के छन् भन्ने विषयमा सर्वसाधारणलाई जानकारी दिन आमसभा गर्न लागिएको जी टेनका एक सदस्य गेसो सभापति कृष्णकुमार राईले जनाए । सभामा राजदूत आचार्यले पनि महत्वपूर्ण जानकारी दिने अपेक्षा जी टेनको छ ।

जी टेनले बिहीबार एक अपिल जारी गर्दै गोर्खाहरुमाथि लामो समयदेखि भएको विभेद अन्त्य गर्ने सुनौलो अवसर नै जीटुजी वार्ता भएको स्मरण पनि गराएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!