एनआरएनए सचिवमा बेलायतकी रोजीना प्रधानले उम्मेदवारी दिने

SHARE:

लन्डन २० अगस्ट २०२३ । ‘एनआरएनए आइसीसी भोकेशनल एजुकेशन कमिटी’ यूरोपको चियर तथा एनआरएनए बेलायतकी पूर्वउपाध्यक्ष महिला उद्यमी रोजिना प्रधान राईले गैर आवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदको सचिव (महिला) पदमा उम्मेदवारी दिने भएकी छन् ।

च्यारिटी संस्था रोजीहिरा फाउण्डेशनकी अध्यक्ष तथा केहिरोज इन्टरनेशन कम्पनीको चियर रोजिनाले संस्थागत सुधार र महिला सशक्तिकरणका सवाल अझ घनीभूत रुपमा उठाउने अठोटसहित उक्त पदमा उम्मेदवारी दिने बताएकी हुन् । ‘मैले बेलायतका विभिन्न सामाजिक तथा महिला केन्द्रित संस्थासहित बेलायत एनसीसी हुंदै केन्द्रसम्म निकट रहेर धेरै अनुभव संगाल्ने अवसर पाएं । म मेरो ज्ञान र अनुभव एनआरएनएमार्फत मातृभूमिलाई अझ बढी दिन इच्छुक र दृढ छु’, उनले भनिन् ।

संघको एघारौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० देखि कार्तिक ३ (१७ देखि २० अक्टोबर २०२३) मा हुने तय भइसकेको छ । एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध समाजसेवी रोजिना एनआरएनए यूकेमा उपाध्यक्ष रहँदा धेरै उल्लेखनीय काम गरेर प्रशंसा बटुलेकी थिइन् । एनआरएनए यूके अध्यक्ष पदमा सफलता हासिल हुन नसकेपनि उनले यस संघमा सक्रियता छाडेकी छैनन् । रोजिनाले अहिले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी छन् । गैरआवसीय नेपाली संघ यूके उपाध्यक्ष हुंदा उनी संघसंस्था समन्वय विभाग प्रमुख थिइन् । कोभिड लगायत अन्य विभिन्न समस्याहरुका बाबजुद पनि राईले आफ्नो कार्यकालमा एनआरएनए यूकेमा महत्वपूर्ण अभिभारा लिएकी थिइन् । चाहे नागरिकता निरन्तरता सवाल होस्, चाहे पूर्व गोर्खाजहरुको समानताको लडाईं, उनको कार्यशैलीको निकै तारिफ भएको थियो ।

बेलायतका विभिन्न सामाजिक गतिविधि र च्यारिटीमा संलग्न राईले नेपाल र बेलायतमा कयौं व्यवसाय समेत सञ्चालन गरिरहेकी छन् । रोजिनालाई व्यवसायमा आफ्नो श्रीमान हिराधन राईको पनि सहयोग छ ।

रोजीहिरा फाउण्डेशनकी अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन् । उनले विशेष गरि सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरो पीडित र आपतविपतका बेला कयौंपटक आर्थिक र मानवीय सहयोग गरेकी थिइन् ।

खोटाङ बांसपानीस्थित श्री राष्ट्रिय माविमा इ लाइब्रेरी, खोटाङ बांसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, 
प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणकालागि श्रमदान लगायत कार्य गरेकी थिइन् ।

सो क्षेत्रमा विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण कार्य अन्तिम चरणमा छ ।

एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिष्ट्रेसनमा मास्टर्स गरेकी उनी वल्ड नेवा अर्गनाइजेसन, खोटाङ सेवा समाज यूके, एनआरएनए यूके आदि संस्थामा सल्लाहकार छिन् ।

बेलायतमा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनले नव नारी, टुडेज् वुमनसहित खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राई यायोख्या बेलायत, गुन्यूचोली तथा सांस्कृतिक पोशाक 
राष्ट्रिय सचेतना अभियान नेपाल लगायत विभिन्न 
संस्थाबाट सम्मान पाएकी छन् ।

राईले बेलायतमा विभिन्न महिला संघसंस्थामा आवद्ध रहेर महिला हक हित र सशक्तिकरणका लागि अनवरत काम गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!