बेलायत भ्रमणमा रहेकी नेपालकी सांसद गौतमले गरिन् नेपाली भिलेज युकेको अवलोकन

SHARE:

लण्डन २२ अगस्ट २०२३ ।

बेलायतमा यतिबेला पारिवारिक भ्रमणमा रहेकी नेपालको प्रतिनिधि सभाकी सांसद तथा विश्व भरको युवा राजनीतिज्ञहरु मध्यबाट युवा राजनीतिज्ञ अवार्डका लागी चयन भएकी राष्ट्रीय स्वतन्त्र पार्टी नेपालकी सांसद सोविता गौतमले आफ्नो अत्यन्त व्यस्त समयमा पनि बेलायतको वैल्स स्थित ब्रेकन नजिकै बन्दै गरेको नेपाली भिलेज युकेको अवलोकन भ्रमण गरेकी छन् ।

नेपालमा कानुनी पेशा मा संलग्न अनि युवाहरुपनि राजनितीमा आउनुपर्छ भन्ने धारणाले ओतप्रोत लाखौं नेपाली युवाहरुका निमित्त उदाहरण पात्र सांसद सोविता गौतमलाई नेपाली भिलेज युकेको निर्माणस्थलमा भेटघाट गर्ने वातावरण भने रास्वपा बेलायतको संगठनका सदस्य यज्ञ राज कार्कीले बनाएका हुन् ।

नेपाली भिलेज युकेका प्रमुख मेजर ख़ुशीमान गुरुङ्ग एमभिओ, योजना अपरेसन डाइरेक्टर क्याप्टेन सुर्यप्रकाश गुरुङ्ग, प्लानिंग डाइरेक्टर कोलिन प्रिस, प्रवक्ता बिक्रम भट्टाराई, भट्टराई, डाइरेक्टर लोकेंद्र श्रेष्ठ, डाइरेक्टर डम्बर सुनुवार, नेपाल धम्पुस भगिनी सम्वन्ध समितिका ब्रेकनका अध्यक्ष पूर्व मेयर डेविड मेडरिथ लगायत शेयरहोल्डरहरुको समुपस्थितीमा सांसद गौतमलाई पुष्पगुच्छा दिएर स्वागत गरिएको थियो ।

करिब ४५ मिनटको परियोजनाको विस्तृत जानकारी दिँदै परियोजना प्रमुख मेजर गुरुङ्गले नेपालबाट सरकारी स्तरको यस्तो भ्रमणले परियोजनामा संचालकहरुलाई अत्यन्त उर्जा थप्ने बताएका थिए । सोही अवसरमा सांसद गौतमले यो परियोजनाका बारेमा धेरैले कुरा गरेको र उत्साहित भएको हुनाले आफु बेलायतमैं हुँदा एकपटक पुगेर बुझ्न मन लागेको र यहाँ परियोजना स्थलमा नै आएपछी र योजना प्रमुखको विस्तृत जानकारी सुन्दा र हेर्दा अत्यन्त सन्तुष्ट भएकोबताइन् ।

साथ साथै उनले आजको ग्लोबलहोमको अवधारणा आईसकेको अवस्थामा यसरी नेपालीहरुले मातृभूमिबाट टाढा रहेरपनि मातृभूमिको शीर ठाडो हुने काम गरेकोमा आफु अत्यन्त कृतज्ञ भएको बताए । तत्पश्चात् परियोजनाका निमित्त ख़रीद गरिएको १९२ रोपनीं र चार बेडरूम सहितको घरमा निकट भविष्यमा कहाँ के कस्ता संरचनाहरु बन्दैछन भनेर विस्तृत विवरणहरु सहित सांसद सोविता गौतम उनकी आमा र उनका श्रीमानलाई देखाईएको थियो ।

नेपाली भिलेज युकेको कार्यक्रम पछी मेजर ख़ुशीमान गुरुङ्गले सांसद सहितको परिवारलाई ब्रेकन टाउनकी मेयर मिशेला डेविससंग उनकै कार्यकक्ष गिल्डहलमा भेटघाट र छोटो परिचयात्मक कार्यक्रम सम्पन्न भयो, उक्त अवसरमा ब्रेकन टाउनकी मेयर र सांसद गौतमबीच विभिन्न विषयहरुमा कुराकानी आदान(प्रदान गर्दै टाउनहलको आगन्तुक पुस्तिकामा अतिथिको रुपमा हस्ताक्षर गरेकी थिइन् ।

रास्वपा नेपालको तर्फबाट संसदमा प्रतिनिधित्व गरिरहेकी सांसद गौतमले अपरान्हमा वैल्सका सेनेड मेम्बर जेम्स ईवान्स संग मेजर ख़ुशीमान गुरुङ्ग र मन्जु गुरुङ्ग दम्पतीको निवास साउथकोटमा अनौपचारिक भेटघाट भएको छ । उक्त अवसरमा दुवैजनाले नेपाल र बेलायतका बारेमा विभिन्न क्षेत्रका बारेमा कुराकानी गरेका थिए ।

मन्जु गुरुङ्गले तयार पारेको स्वादिष्ट नेपाली खानाका साथ नेपाली भिलेज युकेका अन्य परियोजना डाइरेक्टरहरु र शेयरहोल्डर तथा रास्वपा बेलायत सहसचिब यज्ञ कार्कीका सपरिवार, कोषाध्यक्ष बाबुराम न्यौपाने, शान्त बहादुर गुरुङ्ग, पंकज अर्याल र वहाँको परिवार, एनआरएनएयुके आईसीसी सदस्य तथा मिडल्याण्ड नेपाली समुदायका अत्यन्त सहयोगी व्यक्तित्व विष्णु चालीसे , गल्कोट समाज बेलायतका उपाध्यक्ष डिलाराम गौतम लगायतको उपस्थित आफैमा ऐतिहासिक बनेको कार्यक्रमका अन्तमा धम्पुस ब्रेकन ट्विनिङका अध्यक्ष तथा ब्रेकन टाउनका पूर्व मेयर डेविडले बताए ।

नेपाली भिलेज युके यतिबेला आफ्नो परियोजनाको पूर्व तय गरिएको योजना अनुसार नै ख़रीद गरिएको घरलाई रेनोभेट गर्ने र यथासक्दो छिटो होलिडे होमको लागी तयारीमा धमाधम लागेको छ भने उता स्थानीय काउंसिलमा प्लानिंगको लागी कामहरु भईरहेको छ ।

यस्तै दोश्रो चरणको शेयर बिक्रीका लागी गएको अप्रैल १४ देखी खुला गरिएको र धमाधम नयाँ शेयरहोल्डरहरु जोडीरहेका छन । यही दोश्रो चरणको शेयर बिक्रीकै क्रममा नेपाली भिलेज युकेले नेपालीहरुका लागी बेलायतकै कुम्भ मेलाका रुपमा लिईने “नेपाली मेला २०२३” केम्प्टन पार्कमा आफ्नै स्टल राखेर अझै धेरै भन्दा धेरै नेपालीहरु समक्ष पुग्ने बताएको छ ।

स्मरण रहोस् नेपाली भिलेज युकेको शेयर आगामी अक्टूबर सम्म प्रति शेयर ५००० (पाँच हज़ार पौण्ड) नै रहने र यदी कोही पनि ईच्छुक महानुभावहरु हुनुहुनछ र एकैपटक ५००० जम्मा गर्न नसके किस्तामा आउने अक्टूबर सम्ममा पुरा हुने गरेर पनि जम्मा गर्न सकिनेछ । नेपाली भिलेज सम्बन्धी विस्तृत जानकारीको लागी यही १७ तारीख़ आईतवारका दिन नेपाली मेलामा भेट्न र सल्लाह गर्न सकिने जानकारी गराएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!