रेडिङ्मा, बुद्धिस्ट गुम्बा रेडींग यूकेको प्राण प्रतिष्ठा पुजा भब्य रुपमा सम्पन्न

SHARE:

लण्डन २५ अगस्ट २०२३ ।

बुद्धिस्ट गुम्बा रेडिङ युकेमा भगवानको त्रिकाय प्रतिमा प्राणप्रतिष्ठा (रब्ने) पूजा भाद्र शुक्ल अष्टमीको दिन २४ अगस्टमाविधिवत् सम्पन्न भएको छ ।

भगवान बुद्धको यो पवित्र बचनलाई आत्मसाथ गर्दै बेलायती भुमिमा नेपालमा जन्मिएका भगवान गौतम बुद्धको “अहिंसा र शान्ति”को शिक्षालाई मानव समाज र समुदायमा बिस्तार गर्दै लैजाने र आफ्नो मौलिकता सहितको कर्मकाण्ड विधि परम्परालाई जिवन्त राखी पुस्तान्तरणको उदेश्यले स्थापना गरिएको बुद्धिस्ट गुम्बा रेडिङ् युके, यस बर्षको बुद्ध जयन्ति ५ मे का दिन विश्व प्रशिद्ध महामहपोध्यय खेन्छेन पेमा शेरब रिन्पोछे ज्यूको बाहुलीबाट भूमिशोधन तथा प्राण प्रतिष्ठा पूजा अनुष्ठान, बिधिवत् रुपमा सम्पन्न गरिएको थियो ।

२४ अगष्ट भाद्र शुक्ल अष्ठमी मंगल उपोषधको पूण्य तिथि अनुकूल गुम्बा भित्र स्थापना गरिएको भगवानको त्रिकाय प्रतिमा हरुलाई गुम्बाको मुल गुरु खेन् रिन्पोछे शिर लामा गुरुङ ज्यूको अगुवाईमा खेन रिन्पोछे दशरथ गुरुङ, खेन रिन्पोछे रन बहादुर गुरुङ, लामा भिक्षु किसन घले र लामा काजी गुरुङको उपस्थितिमा बिधिवत् रुपमा प्राण प्रतिष्ठ (रब्ने) पुजा गरि भगवानको प्रतिमा (मुर्ति) हरुको आँखा खोल्ने कार्यक्रम भब्यरुपमा सम्पन्न गरिएको हो ।

गुम्बा भित्र स्थापना गरिएको साढे पाँच फिट अग्लो सुनको जलप लगाएको भगवानको विशाल प्रतिमाहरु बिचमा बुद्ध अमिताभको प्रतिमा र प्रतिमालाइ दैनिक पानी चढाउने तिंग सेट (७ वटा) मेजर जय बहादुर गुरुङ एम भि ओ राम कुमारी गुरुङ बाट प्रायोजन गरेको थियो, दाँया तर्फ आर्य अवलोकितेश्वर तमु धिँ युकेका पुर्व अध्यक्ष कमल गुरुङ र एनआरएनए का पूर्ब अध्यक्ष पुनम गुरुङ बाट आमा स्वर्गीय श्रीमती लालशोभा गुरुंगको पूण्य स्मृतिमा प्रायोजन गर्नु भएको थियो भने बाँयां तर्फ गुरु रिन्पोछे पद्मसंभवको प्रतिमा मेजर उदय बहादुर गुरुङ एमबीइ बाट आफ्नो श्रीमती स्व: बुद्धिलक्ष्मी गुरुङको पुण्य स्मृतिमा प्रायोजन गरेका थिए ।

अन्य मूर्तीहरुको हकमा आर्य अवलोकेश्वरको मूर्ती ले. जस बहादुर गुरुंग, झम्बला (कुबेर)को मूर्ती पदम बहादुर गुरुंग र गज कुमारी गुरुंग, तारादेबीको मूर्ती भाइखु गुरुंग,बज्रसत्वको मूर्ती क्याप्टेन खर्कमान गुरुंग समिना गुरुंग र झलक बिर गुरुंगर सगुन गुरुंग, आर्य मन्जुश्रीको मूर्ती , रेशम बहादुरर देवी गुरुंग / श्री नारायण बहादुर गुरुंग/श्रीमती भिम कुमारी गुरुंग, गुम्बा भित्र राखिने स्तूपा ट्रस्टी श्रीमती मीना गुरुंगको माइती सपरिवार, ५ फिटको मण्डला भूम्दी टूनारा दाज्यूभाई दिदी बहीनी परिवार, ७ फूटको म्हाने खोर्लो अध्यक्ष श्री खेम बहादुर गुरुंग/ श्रीमती कृष्णा कुमारी गुरुंग, बत्ती बाल्ने घर स्वर्गीय हरिरपूर्ण परिवार, ७ फूटको गुरुरिम्पोछे मूर्ती , रेडींग म्हनेपा संघ, गुम्बाको मूलढोका श्रीमती जगन कुमारी गुरुंग, मिर्ग र धर्मचक्र श्रीमती पूर्णसुवा गुरुंग, श्री चन्द्रमान गुरुंग/श्रीमती राधा गुरुंग, श्री सूर्यमान गुरुंगरश्रीमती बीना गुरुंग र गूजर श्रीमती मिन कुमारी गुरुंग, १ फूटको तारा देबीको मूर्ती श्री किम बहादुर गुरुंग / श्रीमती इन्द्र कुमारी गुरुंगले दिएकी थिइन् ।

यसै गरी गुम्बा गुम्बा भित्र राखिने चांदीका सामानहरु र अन्य सामग्रीहरु गुम्बा परिवार लगायत बेलायत भित्र र बाहिरका थुप्रै मनकारी दाताहरुको सहयोग उपलब्ध भएको थियो । २१ अप्रिल २०२३ का दिन स्थापना भएको यस बुद्धिस्ट गुम्बा रेडींग यूकेमा १२ जना ट्रस्टीहरु क्रमशः इ। खेम बहादुर गुरुंग (अध्यक्ष), ले. जस बहादुर, मे. जय बहादुर गुरुंग एमभिओ श्री कृष्ण बहादुर गुरुंग (उपाध्यक्ष), श्री नर बहादुर गुरुंग (उपाध्यक्ष), श्रीमती रजनी गुरुंग (आमा अध्यक्ष), श्री चन्द्रमान गुरुंग (प्रोपर्टी कोअर्डीनेटर),श्रीमती उषा गुरुंग, मे. बुद्धी बहादुर गुरुंग (कोषाध्यक्ष),श्री कमल गुरुंग (महासचिव),श्री भिम कुमारी गुरुंग / श्रीमती मीना गुरुंग छन् ।

मनग्य भक्तजनहरुको माझमा, गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुंगले गुम्बाका अध्यक्ष सहित १२ जना मुख्य ट्रस्टीहरु, ३ जना ठूला मूर्ती दाताहरुलाइ प्रतेक लाइ १/१ वटा झम्बला (कुबेर) को मूर्ती र अन्य मूर्ती र सामग्री दाताहरुलाइ खादाले सन्मान गरेका थिए भने भने गुम्बा किने बाट हालसम्म दिनहुं जसो गुम्बामा अनवरत सेवा गर्दै आउनु भएका श्री दिल बहादुर गुरुंगलाई १ तोलाको सुनको औठी र खादाले सम्मान गरेका थिए ।

अध्यक्ष लगायत ३ वटा मूर्तीदाताहरुले बत्ती बाली शुरु गरिएको उक्त प्राण प्रतिष्ठा पूजामा, महासचिव श्री कमल गुरुंग र सचिव श्री युवराज गुरुंगले संचालन गरेको सो कार्यक्रममा उपाध्यक्ष श्री नर बहादुर गुरुंगले स्वागत मन्तव्य दिएका थिए भने तमू धीं यूकेका उपाध्यक्ष श्री जूमकाजी गुरुंग, एनआरएनए युकेका पुर्व अध्यक्ष श्रीमती पूनम गुरुंग, डाइमण्ड बुद्धिस्ट सेन्टरका अध्यक्ष श्री योगेश गुरुंग र तमू धीं यूके ह्याम्पसायरका अध्यक्ष श्री उत्तर बहादुर गुरुंगले गुम्बा परिवारलाइ बधाइ ज्ञापन गरेका थिए र गुम्बाका अध्यक्ष ई. खेम बहादुर गुरुंगले धन्यवाद दिएर समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!