लण्डन २८ अगस्ट २०२३ ।

बेलायतमा आज साँझ जहाजहरूको उडान र अवतरणमा रोक लगाइएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार बेलायतको एयर ट्राफिक कन्ट्रोल सिस्टममा समस्या देखिएपछि जहाजहरूको उडान र अवतरणमा रोक लगाइएको हो ।
बेलायतको नेशनल एयर ट्राफिक सर्भिसले सिस्टममा देखिएको समस्या समाधान गर्न इन्जिनियरहरू लागिरहेको उल्लेख गरेको छ । बेलायतमा उडान र अवतरण रोकिएपछि केही उडान रद्द भएका छन् भने केही उडान डिले भएका छन् । अवतरण हुनुपर्ने जहाज पनि डाइभर्ट भएका छन् ।
सिस्टममा के समस्या भएको हो र कहिलेसम्म समाधान भइसक्छ भन्ने खुलाइएको छैन ।






