एनआरएनए यूके अध्यक्ष गाहामगरले बुझाए परराष्ट्र मन्त्रालय र केन्द्रमा डेलिगेट्स लिष्ट

SHARE:

काठमाडौं ३० अगस्ट २०२३ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रेम गाहामगरले यूके डेलिगेट्स लिष्ट परराष्ट्र मन्त्रालयमा बुझाएका छन् ।

मंगलबार परराष्ट्र मन्त्रालय पुगेर उनले गैर आवासीय नेपाली संघको विधान २००३ ९२०२२ को संशोधनसहित० बमोजिम २० हजार ७०७ सदस्यहरुमध्येबाट २३६ जनाको नाम बुझाएका हुन् । उनले पत्रमा ११ औं अधिवेशन तथा विश्व सम्मेलनका लागि आफू नेतृत्वको नाम स्वीकार गर्न मन्त्रालयसमक्ष अनुरोध गरेका छन् ।

डेलिगेट्सका नामसहित परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा अध्यक्ष प्रेम गाहामगरले आफू २२ जुलाईमा सम्पन्न संघको ११ औं वार्षिक साधारणसभामार्फत २० हजार ७०७ जना सदस्यहरुको सर्वसम्मतिमा सन् २०२३-२०२५ का लागि अध्यक्ष निर्वाचित भएको पनि स्मरण गराएका छन् । उनले अघिल्लो कार्यसमिति २०२१-२०२३ मा पनि ११ हजार ३६३ पञ्जीकृत सदस्यहरुबाट अध्यक्ष निर्वाचित भएको उल्लेख गरेका छन् ।

गत २६ अगष्टमा सम्पन्न कार्यकारी समितिको तेश्रो बैठक (भर्चुअल) ले डेलिगेट्सका नाम तय गरेको थियो ।
अध्यक्ष गाहामगर डेलिगेट्सका नाम बुझाउन एनआरएनए केन्द्रीय कार्यालय समेत गएका थिए ।

तर, आइसीसी अध्यक्ष डा.बद्री केसी नभेटिएका कारण सिइओको सल्लाह बमोजिम इमेलमार्फत लिष्ट केन्द्रमा बुझाएको गाहामगरले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!