तमुधिं यूकेको आयोजनामा २३ सेप्टेम्बरमा परोपकारी रात्रिभोज हुने

SHARE:

लन्डन १५ सेप्टेम्बर २०२३ । तमुधिं यूकेले यही २३ सेप्टेम्बर २०२३ मा डा. हर्क गुरुङ र डा. चन्द्र गुरूङ स्मृति दिवस मनाउने भएको छ । सोही दिन परोपकारी रात्रिभोज आयोजनासमेत आयोजना हुने तमुधिं यूकेले जनाएको छ ।

शनिबार २३ सेप्टेम्बरमा मिचेटमा रहेको तमुधिं भवनमा दिउँसो ४ बजेदेखि कार्यक्रम हुने छ । तमुधिं यूकेले आफ्ना प्रथम संरक्षक तथा भूगर्भविद् डा. हर्क गुरुङ र प्रकृति संरक्षणका अगुवा डा. चन्द्रप्रसाद गुरुङको सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष स्मृति दिवस मनाइने गरेको छ ।

डा. हर्क र डा. चन्द्रजस्तै तमुहरु फेरि उदाउन् भन्ने हेतुले परोपकारी भोजको आयोजना गर्ने गरेको तमुधिं यूकेले बताएको छ । उक्त भोजमा उठेको रकमले नेपालका गरिब तर जेहेन्दार तमु विद्यार्थीलाई सहयोग गरिन्छ । तमुधिं यूकेले दिवंगत नक्षत्रहरुलाई सम्झने र केही पूण्य कमाउन अपिल गरेको छ ।

तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु गरिब जेहेन्दार छात्रछात्राहरुको पठनपाठनको सहयोगार्थ अक्षयकोषको लागि सन् २००७ देखि हरेक वर्ष तमुधिं यूकेले केही रकम संकलन गरी प्रतिष्ठानलाई सहयोग गर्दै आइरहेको छ ।

कुनै जेहन्दार तमु नानीलाई रु.१,२५०००/- प्रदान गरी निजी पढाउन सक्नेछन् । त्यसका लागि श्रीमान्/श्रीमतीको फोटो, नेपाल र यूकेको ठेगाना सम्पर्क नम्बर र ईमेल ठेगाना संयोजकलाई पठाउनु पर्ने हुन्छ । त्यस्ते स्वेच्छाको रकम प्रदान गरी सहयोग गर्न सकिने तमुधिं यूकेका उपाध्यक्ष तथा रात्रिभोज कार्यक्रमका संयोजक परशु गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!