एनआरएनएमा बेलायतवासी सिंखडाले उपाध्यक्ष पदमा उम्मेदवारी दिने

SHARE:


लन्डन १५ सेप्टेम्बर २०२३ । बेलायतमा एनआरएनए अभियानमा सक्रिय रामशरण सिम्खडा एनआरएनए आईसीसी महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् ।

एनआरएनए एनसीसी बेलायतमा महासचिव (तत्कालीन राष्ट्रिय संयोजक) तथा आईसीसीमा सदस्य, सचिव हुँदै हाल उपमहासचिवको भूमिकामा आफ्नो क्षमता देखाइसकेका सिम्खडाले आसन्न ११ औं विश्व सम्मेलनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । हालसम्म काम गर्दा संगालेको अनुभव, संस्थाको आवश्यकता र आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्ने तीव्र ईच्छाशक्तिका जगमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने सोचमा पुगेको उनको भनाइ छ ।

सन् २०११–१३ मा एनसिसी बेलायतको राष्ट्रिय संयोजक (हालको महासचिव) पदमा सिम्खडाले निर्वाह गरेको सक्रिय र सशक्त भूमिका अहिले पनि एनआरएनए वृत्तमा स्मरण र चर्चा हुने गरेको छ । सोही कार्यकालमा उनकै सोच र पहलमा एनआरएनए अन्तरराष्ट्रिय पत्रकारिता पुरस्कारको अक्षय कोष स्थापना भएको थियो ।

सन् २०१७–१९ मा बेलायतको तर्फबाट आइसीसी सदस्य बनेका उनले परोपकार तथा मानवीय सहयोग विभागको सदस्यसचिवका रुपमा काम गरे भने सन् २०१९–२१ कार्यकालमा केन्द्रीय नीति निर्माण समितिको संयोजकको जिम्मेवारी सम्हाले। सन् २०२१–२३ को वर्तमान कमिटीमा उनी उपमहासचिव छन् ।

कार्यकारी भूमिकाबाहेक आइसीसीका विभिन्न टास्कफोर्स संयोजक र एनआरएनए यूके सल्लाहकार रहँदा पनि उनी आफ्नो जिम्मेवारीमा सधै सक्रियतासाथ खटिंदै आएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!