जुझारू, कर्तब्यनिष्ठ र शालिन सामाजिक अभियन्ता राधिका गुरुङ (टीका)द्वारा एनआरएनए महिला सचिवमा उम्मेदवारी घोषणा

SHARE:

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्वसम्मेलनबाट हुने गामी कार्यकालको नेतृत्व चयनका लागि महिला सचिव पदमा एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष तथा वर्तमान सचिव राधिका गुरुङ (टीका)ले उम्मेदवारीे घोषणा गरेकी छन् ।

दुई कार्यकाल एनआरएनए हङकङको नेतृत्व गरेर एनआरएनए एनसीसीहरूमध्येमा सबैभन्दा उत्कृष्ट काम गरेर चर्चा कमाएकी गुरुङले पुन: सचिवमा उम्मेवारी घोषणा गरेकी हुन् ।

कर्म थलो हङकङ भएता पनि गुरुङले सामाजिक अभियान मार्फत आफ्नो उपस्थिति र साख बिस्वभर छरिएर रहनु भएका प्रबासी नेपालीहरू मांझ पुर्याउँनु भएको छ । उहाँ हङकङ सरकारबाट समेत पटक पटक सम्मानित भैसक्नु भएको छ ।

एनआरएनमा स्थापनादेखि सक्रिय रुपमा आवद्ध भएर उनी २०१७–२०२१ सम्म अध्यक्षको रुपमा एनआरएनए एनसीसी हङकङमा नेतृत्व रहेर काम गरेकी छिन् । त्यस्तै, २०२१–२०२३ मा महिला सचिव निर्विरोध निर्वाचित भएर महिला सचिवको रुपमा काम गरिरहेकी छिन् ।

उहाँ आफ्नो सक्रिएतामा सन् २०१८ मा पहिलो पटक हङकङमा एसिया प्यासिफिक रिजनल मिटिङ गराएर ३५ वटा राष्ट्रका एनआरएनए प्रतिनिधि, एनआरएनए अभियन्ता, अग्रजहरुको उपस्थितिमा ऐतिहासिक सम्मेलन गर्न सफल हुनु भयो ।

नेपालमा भूकम्पदेखि बाढीपहिरोको प्रकोपले सताउँदा होस् वा विश्वव्यापी कोरोना महामारीले चुनौती दिँदा ‘एक नेपाली एक अक्सिजन’ अभियान चलाएर मानिसको प्राण जोगाउन तल्लिन बनेकी थिइन् । यस्तै, उनको सहयोगी भावनालाई धेरै मानिसहरूले अनुशरण समेत गरिरहेको पाइन्छ ।

कास्कीको पोखरा निवासी राधिका सन् १९९४ देखि हङकङमा बस्दै आएकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!