
१६ सेप्टेम्बर २०२३ – बेलायत। ६ गोर्खा राइफल्सको बार्षिक भेटघाट बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी सपोर्ट कलेजमा भब्यताकोसाथ सम्पन्न भएको छ। गत बर्ष हजुर महारानीको स्वर्गारोहणले गर्दा ६ गोर्खा राईफल्सको वार्षिक भेटघाट कार्यक्रम स्थगित गर्न परेको थियो।
कार्यक्रमको पहिलो चरणमा आपतकालीन स्थितिको बारेमा सूचना सुचित गर्दै, नेपाल र बेलायतको राष्ट्रिय घुन बजाएर कार्यक्रम शुरु गरिएको थियो।
उक्त भेटघाट कार्यक्रममा आ-आफ्नो कम्पनीको फोटो खिच्ने कार्यक्रम रहेको थियो भने सोहि कार्यक्रममा गोर्खा मेमोरियल प्रोजेक्टद्वारा संचालित ६ गोर्खा राइफल्सको मेडल पनि बितरण गरिएको थियो। मेडलको संयोजक मेजर टिकेन्द्र देवान जेपीले गरेका थिए।
६ गोर्खा भेटघाट कार्यक्रमको लागि हिस्की, बियर, सफ्ट ड्रिंक, पोर्ट, वाइन र पानीका ६ गोर्खा राइफल्सका सदस्यहरुले प्रयोजन गरेका थिए। प्रयोजन गर्नेहरुमा, मेजर खुशिमान गुरुङले २ बोटल हिस्की र १ केस डाइट कोक, ले. रने गुरुङले २ केस कोक र २ केस डाइट कोक, बल थापाले ४ केस स्टेला बियर, अमृत गुरुङले ६ बोटल हिस्की, अमर गुरुङले २ केस स्टेला बियर, जित गुरुङले १० केस पानी, मिलन तमुले आइस र बिज्ञापन, खुम गुरुङले ४ बोटल रेड वाइन र २ बोटल वाइट वाइन, कुमार गुरुङले २ केस स्टेला बियर, प्रकाश गुरुङले २ केस सेभेन अप, मेजर टिकेन्द्र देवान जेपीले ४ बोटल पोर्ट, क्याप्टेन लक्ष गुरुङले २ केस स्टेला बियर, ले. बिष्णु गुरुङले २ केश फोस्टर बियर, श्याम गुरुङले २ केस स्टेला बियर, चोक गुरुङले £१००, ब्रिगिडियर एन्डरसनले £२०, दुर्गा गुरुङले ३ केस कोक र दुत पुनले २ केस फोस्टर बियर प्रायोजन गरेका थिए। प्रायोजन कार्यक्रमको संयोजक प्रकाश गुरुङले गरेका थिए।

त्यस्तै राफल ड्रका लागि पनि बिभिन्न व्यक्तिहरुले प्रयोजन गरेका थिए। प्रयोजन गर्नेहरुमा चाइना ओरिन्टल सुपर मार्केटका प्रबन्ध निर्देशक कमल गुरुङले £५०, गोर्खा ट्राभल प्रबन्ध निर्देशक डिलर्स गुरुङले £५० गोर्खा किचनका निर्देशक भिम गुरुङले £५०, लक्की जोलार्सक निर्देशक मेजर योगेश राईले गिफ्ट, पिपल मोरगेजका निर्देशक सुर्य गुरुङले गिफ्ट, न्यु लक्ष्मी जोलार्सका मालिक लक्ष्मी राईलेगिफ्ट भौचर, गोर्खा स्कुल मोटरिङका निर्देश थर्क सेनले £५०, गोर्खा मेडियाका प्रबन्ध निर्देशक मिलन तमु गिफ्ट, पोखरा ट्राभलका प्रबन्ध निर्देशक ज्ञाम गुरुङ ले गिफ्ट, एम्पायर हलका मालिक पुरन गिरीले £५०, मेजर खुशिमान गुरुङले गिफ्ट, मिन गुरुङले £ ५०, पानस रेस्टुरेन्टका मालिक बिमल गुरुङ ले £५० र एभेरेष्ट टाईम्स युकेका सम्पादक दुत पुनले सगरमाथाको नक्शा गिफ्ट प्रायोजक गरेका छन। राफल ड्रको संयोजक ज्ञाम गुरुङ र मिलन तमुले गरेका थिए।

यस बर्षको भेटघाट कार्यक्रममा चर्चित कलाकारहरु शिब हमाल र बिन्दु परिवारले आ-आफ्नो प्रस्तुति दिएर ६ गोर्खा राईफल्सका सदस्य तथा उनका परिवारहरुलाई भरपुर मनोरंजन दिएका थिए।
मेजर खुशिमान गुरुङले कार्यक्रमको लागि पेय पदार्थ र राफल ड्रका लागि प्रायोजन गर्ने प्रायोजकहरुलाई कडा लगाएक सम्मान गरेका थिए भने कलाकारहरु शिब हमाल र बिन्दु परिवारलाई खडा र प्रमाणपत्रले सम्मान गर्दै केहि पारिश्रमिक रकम पनि हस्तान्तरण गरेका थिए।
बाषिक भेटघाट कार्यक्रमको संयोजक मेजर खुशिमान गुरुङले गरेको कार्यक्रमलाई प्रकाश गुरुङले संचालन गरेका थिए भने उपसंयोजकको भूमिका अमृत गुरुङले निभाएका थिए। त्यस्तै पेय पदार्थतर्फ श्रीमति अमृत गुरुङ, श्रीमान श्रीमति खुम गुरुङ र श्रीमान श्रीमति जित गुरुङ, टिकट काउन्टरमा ले. रने गुरुङ र दुत पुन र मिलन तमुले फोटो खिचेका थिए। उक्त भेटघाट कार्यक्रममा ६ गोर्खा राईफल्सका अफिसरहरुलगायत झन्डै चार सयजनाको उपस्थिति रहेको थियो।

























































