श्रीलङ्कालाई हराउँदै भारतले जित्यो एसिया कप क्रिकेटको उपाधि

SHARE:

एजेन्सी १७ सेप्टेम्बर २०२३ ।

भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो ।

श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर बलमा १ विकेट पनि नगुमाई भेटायो । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए ।

यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयो । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

भारत एसिया कपमा सर्वाधिक सफल टिममा पर्छ । भारतले यसअघि सन् १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । यस्तै श्रीलङ्का ६ पटकको विजेता हो । श्रीलङ्काले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । यस्तै पाकिस्तानले सन् २००६ र २०१२ मा गरी २ पटक विजेता बनेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!