धम्पुस पोखरी घोताने परिवारको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

Kumar SK Gurung लण्डन १७ सेप्टेम्बर २०२३ ।

धम्पुस पोखरी घोताने परिवार यूकेको १३ औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको सो कार्यक्रममा आफ्नै परिवारको प्रमुख अतिथि मेडवेका मेयर काउन्सिलर नीना गुरुंग रहेकी थिइन् ।

उक्त वार्षिक भेटघाट कार्यक्रममा विशेष अतिथिहरुमा सुखवती बौद्ध गुम्बा गाईघाट पोखराका प्रमुख लामा श्रद्धेय मनबहादुर गुरुङ, धम्पुस पोखरी घोताने परिवार नेपालका बर्तमान अध्यक्ष क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ र मेयर कन्सोर्ट ताईकाजी गुरुङ थिए ।

कार्यक्रमका प्रमुख अतिथि, लामागुरु, संरक्षक र समाजका अध्यक्ष गोलमान गुरुङले पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय धुनहरु बजाइएको थियो ।
समाजका महासचिव हरिमाया गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रथम उपाध्यक्ष भगवान गुरुङले स्वागत मन्तव्य दिएका थिए । त्यसपछी सुन्दर बाँसुरीको धुनहरु प्रस्तुत गरेर बाँसुरी बादक धन बहादुर गुरुङले सबैलाई मन्त्रमुग्ध परे ।

सम्मान तथा शुभकामना कार्यक्रममा परिवारका आयो गोर्खाली पुस्तक लेखक टीम आई गुरुंग र कम्प्युटर साइन्समा पीएचडी गरी हाल प्राध्यापनरत आशिष गुरुंगलाई प्रशंसा पत्रले सम्मानित गरे। साथै हाल विभिन्न विषय र क्षेत्रमा उच्च शिक्षा हाँसिल गरेका किशोर किशोरीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विभिन्न विश्वविद्यालयबाट स्नातक गर्नेहरु क्रमशः रोनित गुरुङ, आकंश्य गुरुङ र प्रबिन गुरुङ थिए ।

त्यसैगरी नयाँ सदस्य बिकास गुरुङ, नव दाम्पत्य जोडीहरु र पदोन्नति भएका मिलन गुरुङलाई पनि बधाई दिए । साथै नेपालबाट बेलायत भ्रमणमा रहेका सबैजनालाई स्वागत सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमको अन्त्यतिर चेलीबेटीहरुको तर्फबाट शान्ति गुरुङले माइतीहरुको लागि मन्तव्य राखिन । त्यसैगरी चेलीबेटीहरुले सदा झैँ कोशेलीस्वरुप रोटी र रक्सीले माईतीहरुलाई सम्मान गरे ।

उक्त रोटी र रक्सी जगना गुरुङ र प्रेमबहादुर गुरुङले प्रायोजन गरेका थिए । त्यसैगरी धम्पुस पोखरी घोताने परिवार यूकेको बुहारी नीना गुरुङ बेलायतको स्थानिय तहको निर्वाचनमा मिडवेको मेयरमा निर्वाचित हुनु भई इतिहास रच्न सफल हुनु भएकोमा धम्पुस पोखरी घोताने परिवार यूकेको तर्फबाट सुन्दर केक काटेर खुशियाली मनाउदै सम्मान र शुभकामना दिए ।

मन्तव्य राख्ने क्रममा समाजका संरक्षक लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङ, धम्पुस पोखरी घोताने परिवार नेपालका बर्तमान अध्यक्ष क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ र मौलिक गुरुङ पोशाकमा सजिएर आएकी प्रमुख अतिथि मेडवेकी मेयर काउन्सिलर नीना गुरुंगले समाजले आयोजना गरेको वार्षिक भेटघाट कार्यक्रममा सहभागी हुन पाउँदा एकदमै खुशी व्यक्त गर्दै सम्मानित व्यक्तित्वहरुलाई हार्दिक बधाई सहित हरितालिका तीजको सबैलाई शुभकामना दिए ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम हरिमाया गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । सांस्कृतिक कार्यक्रममा दाजुभाई र चेलीबेटीको तर्फबाट उत्कृष्ट नृत्यहरू प्रस्तुत गरे । त्यसपछि नेपालको राष्ट्रीय कलाकार एवं लोक दोहोरी गायिका देबी घर्ती मगरको सुमधुर स्वरले उपस्थित सबैको मन जितेको थियो । निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रम पश्चात प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमलाई दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए ।

आकर्षक पुरस्कारहरु रहेको “राफल ड्र“ले पनि कार्यक्रमलाई रौनकता थप्यो । उक्त भाग्यशाली चिट्ठा हरिमाया गुरुङले सञ्चालन गरेका थिए भने भाग्यशाली विजेताहरुलाई पुरस्कार वितरण भने समाजका जेष्ठ नागरिक आमाहरु र पहिलो पुरस्कार प्रमुख अतिथिले वितरण गरे ।
कार्यक्रममा खाना व्यवस्थापन साथै पेय पदार्थमा एम्पायर हल रेष्टुरेन्ट, साउण्ड सिस्टममा कमल गुरुङ, फोटोग्राफीमा सन्तोष कोन्मे गुरुङ र भिडियोग्राफीमा नयन्द्र राईले विशेष भूमिका खेलेका थिए ।

कार्यक्रमको अन्तमा समाजका अध्यक्ष गोलमान गुरुङको छोटो मन्तब्य राख्दै वार्षिक भेटघाट कार्यक्रमलाई सुनमा सुगन्ध थपी आफ्नो सुन्दर नृत्य, सुमधुर स्वर, मीठो प्रस्तुति साथै धुनहरु प्रस्तुत गरी भरपूर मनोरञ्जन गराईदिनु दिएकोमा समाजको तर्फबाट सबैलाई धन्यवाद दिए ।

साथै सम्मानित ब्यक्तित्वहरुलाई शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैजनालाई धन्यवाद सहित हरितालिका तीजको शुभकामना दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!