तमुधिं लन्डन इकाई आमा समूहले मनायो भव्यरुपमा तीज

SHARE:


Kumar SK Gurung

लन्डन १८ सेप्टेम्बर २०२३ । तमुधिं युके लन्डन इकाईले भव्य रुपमा तीज पर्व मनाएको छ । शनिबार १६ सेप्टेम्बर २०२३ का दिन सडबरीस्थित हलमा हिन्दू नारीहरुको पर्व तीज विशेष कार्यक्रम गरी मनाइएको हो ।

तमुधि लन्डन इकाई आमा समूहकी अध्यक्ष कमला गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तमुधिं युके आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङ रहेकी थिइन् । कार्यक्रम प्रमुख अतिथि गुरुङ र अध्यक्ष गुरुङले सयुंक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

इकाईले दरखाने, डिजे र अन्य विभिन्न रमाइलो नाचगान कार्यक्रम गरी तीज मनाइएको तमुधिं यूकेकी कोषाध्यक्ष दिलमाया गुरुङले जानकारी दिइन् ।

कार्यक्रममा विशिष्ट अथिति तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, लन्डन इकाई प्रमुख संरक्षक खुशीमान गुरुङकी धर्मपत्नी मिना गुरुङ, विशिष्ट अथिति एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम कोन्स्यो गुरुङ, काउन्सिलर लक्ष्यबहादुर गुरुङ, इकाईका पूर्वअध्यक्ष ट्र्ष्टिज एवं एनआरएनए यूकेका प्रमुख संरक्षक डेबिड गुरुङ थिए ।

विशेष अथिति लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरुङ, उनकी धर्मपत्नी तारा गुरुङ, आमा समूह माला घले, सोंपाल समाज यूकेका अध्यक्ष श्रीप्रसाद गुरुङ, मनदेवी गुरुङ, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङ, दक्षिणपूर्वी तमुधिंका संस्थापक अध्यक्ष क्या. नारायण गुरुङ एमबीई, पूर्वउपाध्यक्ष समाजसेवी पार्वती गुरुङ, नातागोता समाज यूकेका अध्यक्ष, सीबीटीएस यूके संस्थापक अध्यक्ष एवं इकाईका ट्र्ष्टिज ले.नारायणप्रसाद गुरुङ, लन्डन इकाई निवर्तमान अध्यक्ष चन्द्रबहादुर गुरुङलगायत थुप्रै समाज र संस्थाहरुबाट अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए ।

शुभकामना मन्तव्य लन्डन इकाईका अध्यक्ष विष्णु गुरुङलगायत विशिष्ट र विशेष अथितिहरुले दिएका थिए । पहिलो चरणको औपचारिक कार्यक्रम आमा समूहकी सचिव गुना गुरुङले संचालन गरेकी थिइन् ।

दोस्रो चरणको मनोरन्जत्मक कार्यक्रम आयोजक संस्थाको सांस्कृतिक कार्यक्रम संयोजक हेलिसा गुरुङले गरेकी थिइन् । सुरक्षासम्बन्धी जानकारी आमा समूह उपाध्यक्ष देवकला गुरुङले गरेका थिए । राफल ड्र भाग्योदय चिठ्ठा बिक्री वितरणमा सहसंयोजक सृष्टि गुरुङ र साथीहरुले गरेका थिए ।

कार्यक्रमा संयोजक बिनु गुरुङले उपस्थित भई तीज कार्यक्रम सफल पारिदिने सबै सबैमा आभार प्रकट गरी धन्यवाद दिइन् । डिजेमा सुशील गुरुङले नेपाली प्रचालित गीत जनजिब्रोमा झुण्डिरहेको गीतहरु बजाउँदा सम्पूर्ण दिदीबहिनीहरु रमाइलो मानी थपडी बजाउने र नाचेका थिए ।

कार्यक्रममा उपस्थित सबै दाज्यूभाइ, दिदीबहिनी सम्पूर्णलाई आमा अध्यक्ष कमला गुरुङले धन्यवाद व्यक्त गरी आभार प्रकट गरिन् ।

अथिति स्वागत, सत्कारमा सिर्जना गुरुङ, संगीता गुरुङ, लक्ष्मी गुरुङ र तुल्सी गुरुङलगायत आमा समूह पदाधिकारीहरुले गरेका थिए । टिकट व्यवस्थापनमा आमा समूह कोषाअध्यक्ष गुड्डु गुरुङ, इकाईका कोषाध्यक्ष नन्दप्रसाद गुरुङ, लक्ष्मी गुरुङ, तुल्सी र सिर्जना गुरुङ समूहले साथ दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!