​तमु समाज युके आमा समूहको लेडिज नाइट तथा तीज कार्यक्रम सम्पन्न

SHARE:


लन्डन १९ सेप्टेम्बर २०२३ । तमु समाज युके आमा समूहको आयोजनामा यस वर्ष पनि लेडिज नाइट तथा तीज कार्यक्रम सम्पन्न भएको छ ।
लन्डनको वेम्बली बरहाम पार्कस्थित आफ्नै तमु समाज युके नेप्लिज कम्युनिटी सो कार्यक्रम भव्यरुपमा सम्पन्न भएको हो । 

कार्यक्रममा तमु समाज यूकेका आमा दिदीबहिनीहरु एवं लण्डन वरपरका नेपाली नारीहरुको उल्लेख्य उपस्थिति थियो। 

तमु समाज यूके आमा समूहकी उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष मथुरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम आमा समूहकी सचिव मीरा गुरुङले सञ्चालन गरेकी थिइन् ।

प्रमुख अतिथि ज्येष्ठ नागरिक बुद्धिकुमारी गुरुङ, आमा समूह उपाध्यक्ष मथुरा गुरुङ, पूर्व अध्यक्ष माया गुरुङ, निवर्तमान आध्यक्ष आमा समूह तथा तमु सामाज युकेको उपाध्यक्ष बिन्दु घले र तमु समाज युकेका प्रथम महिला मीना गुरुङ गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए ।

सो अवसरमा विशिष्ट अतिथिहरु तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, तमु धिं युकेका आमा समूहकी अध्यक्ष तथा प्रथम महिला सन्ध्या गुरुङ लगायत तमु धिं युकेका आमा समूह उपाध्यक्ष कमला गुरुङ, सोपाल समाज युकेका अध्यक्ष श्रीप्रसाद गुरुङ र प्रथम महिला मनदेवी गुरुङ, तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ प्रथम महिला मीना गुरुङ, सोपाल समाजका संस्थापक उपाध्यक्ष पर्वती गुरुङ, कोने घोन्डे समाज युके चेलिबेटीका प्रमुख चन्द्रदेवी गुरुङ, लन्डन फेसन हाउसका प्रबन्ध निर्देशक मनीषा डंगोल, आशा फेसन हाउसका प्रबन्ध निर्देशक आशा भुषाल, जयश्रीकृष्ण ज्वेलर्सका प्रोपाइटर दुर्गा गौतम र तमु समाज युकेका ज्येष्ठ नागरिक आमाहरु लगायत उपस्थित थिए ।

कार्यक्रममा हेल्थ एण्ड सेफ्टीबारे सचिव मीरा गुरुङले जानकारी दिइन् । आमा समूहकी पूर्व अध्यक्ष तथा तमु समाज युकेका सल्लाहकार माया गुरुङले स्वागत मन्तव्य र आमा समूहकी उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष मथुरा देवी गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।

कार्यक्रममा आमा समूह कोषाध्यक्ष बिवा गरुङले तीज कार्यक्रमका दाताको नामावली वाचन गर्दै सबैप्रति आभार प्रकट गरिन् ।

नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्यङ्गनाको उपाधि ओमकुमारी गुरुङले जितिन् । दोस्रो स्थान बिष्णु आले  र तेस्रो स्थान मीना तमाङले जिते ।  राफल ड्रको अकर्षक प्रथम पुरस्कार सुनको चन्द्रमा सान्तमाया गुरुङले जितेका थिए 

नेपालबाट आएका वरिष्ठ चलचित्रकर्मी ताराबहादुर गुरुङ र रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोता सागर गुरुङलाई नेपाली गीत संगीत तथा कला क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै तमु समाज युके विशिष्ट समाज सेवा सम्मानपत्र २०२३ द्वारा सम्मान गरेको थियो । 

अतिथि कलाकारलाई स्वागत र सम्मान कार्यक्रमको संचालन समाजका महासचिव धरमबल गुरुङले गरेका थिए । संस्थाका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका कार्यवाहक अध्यक्ष मथुरा गुरुङले खादा, फेटा लगाइदिएर सम्मानपत्र प्रदान गरे ।

कार्यक्रममा तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक चित्रबहादुर गुरुङ तथा पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष हर्कबहादुर गुरुङ, उपाध्यक्ष बिन्दु घले, आमा समूहका पूर्व अध्यक्ष माया गुरुङ लगायतको आमा समूहका दिदीबहिनीको बाक्लो उपस्थिति थियो । 

कार्यक्रममा सहभागीले स्वादिष्ट खानासहित प्रज्वल गुरुङको तीज डिजेमा बेलुकासम्म नाचेर भरपूर मनोरञ्जन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!