लिबिया बाढीमा त्रिचालिस हजार विस्थापित

SHARE:

एजेन्सी २१ सेप्टेम्बर २०२३ ।

लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले बिहीबार जनाएको छ ।

“उत्तरपूर्वी लिबियामा बाढीबाट करिब ४३ हजार ५९ जना विस्थापित भएका छन्,” आईओएमले सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ, “पानीलगायत दैनिक उपभोग्य सामग्रीको अभावले धेरै मानिस डेर्नाबाट विस्थापित भएका छन् ।

अघिल्लो आइतबार ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको सहायताकर्मीहरूले बताएका थिएभने डेर्ना नगरका प्रमुख अब्दुलमेनम अल–गैथीधचले नगरको जनसङ्ख्याका आधारमा १८ देखि २० हजार मानिसको मृत्यु भएको बताएका थिए ।

ड्यानियल आँधीसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!