पूर्वब्रिटिस आर्मी राष्ट्र राईको निधन

SHARE:

लन्डन २२ सेप्टेम्बर २०२३ । सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक राष्ट्र राईको निधन भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रेम गाहामगरका अनुसार बिहीबार आर्मी जिम हल ब्रामटनमा ब्याटमिन्टन खेलेर घर फर्किएपछि एक्कासी अस्वस्थ भएका ५८ वर्षीय राईको अस्पताल लैजाँदै गर्दा निधन भएको हो । राई आर्मीमै फिजिकल इन्स्ट्रक्टर थिए । उनी तेक्वान्दो सिक्स्थ डान मास्टर हुन् ।

राई एनआरएनए यूके स्पोर्ट्स कोअर्डिनेसन काउन्सिलका संयोजक, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस)का सक्रिय सदस्य पनि थिए ।

गोर्खालीका एक धरोहर, निडर, स्पष्ट वक्ता, बहुमुखी प्रतिभाशाली राई चित्रकार पनि थिए । पूर्वबेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!