लण्डन २२ सेप्टेम्बर २०२३ ।

बेलायतको प्लमस्टिडबाट हराइरहेका २४ वर्षीय निभान मगर मृत फेला परेका छन् ।
गत सोमबार सेप्टेम्बर १८ देखि बेपत्ता मगरको खोजीका क्रममा बेलायती प्रहरीले उनको शव फेला पारेको
परिवारले जनाएको छ । साउथ इष्ट लन्डनको एरिथस्थित नदी किनारामा उनको शव भेटिएको प्रहरीले परिवारलाई बताएको छ ।
मृत्युको कारण स्पष्ट भइसकेको छैन । मगरको शव अहिले अर्पिङटनस्थित प्रिन्सेस रोयल हस्पिटलमा राखिएको र पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको जानकारी परिवारलाई गराइएको छ ।
पूर्व गोर्खाका छोरा निभान प्लमस्टिडमै एक नेपाली परिवारसँग बस्दै आएका थिए । उनका आमाबाबु नेपालमा र दिदी लन्डनमै छुट्टै बस्दै आएकी थिइन् ।
स्वर्गीय मगर नेपालमा रुपन्देही रमापुरका हुन् ।






