बेलायत पुनः ईयूमा जोडिने सम्भावना छैन : केइर स्टामर

SHARE:

लण्डन २२ सेप्टेम्बर २०२३ ।

बेलायतको विपक्षी लेबर पार्टीका नेताले आफूले बेलायतलाई युरोपेली सङ्घमा पुनः जोड्न चाहेको भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् ।

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले उनले ‘बेलायतको ईयूबाट भएको बहिर्गमन (ब्रेक्जिट) लाई उल्ट्याउन चाहेको आरोप लगाएको छ । केइर स्टामरको लेबर पार्टीले महिनौंदेखि लगातार जनमत सर्वेक्षणमा राम्रो प्रगति गर्दै आएको छ । उनले भर्खरै आफ्नो अन्तर्राष्ट्रिय कद बढाउने उद्देश्यले विदेश भ्रमण पूरा गरेका छन् ।

लण्डन फर्केपछि उनलाई केही दिनअघि राजनीतिक वृत्तमा गरिएको टिप्पणीका बारेमा सोधपुछ गरिएको थियो । मोन्ट्रियलमा आयोजित मध्यमार्गी वामपन्थी मञ्चमा उनले आफू युरोपेली सङ्घको नियमबाट अलग हुन नचाहेको घोषणा गरेका थिए ।

यसै भनाइलाई लिएर चान्सलर जेरेमी हन्टले ब्रेक्जिटलाई ‘अनपिक’ गर्न चाहेको आरोप लगाएका छन् भने विदेशमन्त्री जेम्स क्लेभरलीले ‘नामबाहेक सबैमा इयूमा पुनः सामेल हुन चाहेको’ बताएका छन् ।

यो मुद्दा बेलायतको ईयू छोड्ने पक्षमा मतदान गरेको उत्तरी इङ्गल्याण्डको परम्परागत लेबर पार्टीप्रति झुकाव भएका क्षेत्रहरूमा अत्यन्त संवेदनशील छ । विवादित बनेको यस बिषयप्रति आफ्नो धारणा राख्दै स्टामरले शुक्रबार ईयू, यसको भन्सार सङ्घ वा एकल बजारमा फर्कने कुनै अवस्था नरहेको बताएका छन् ।

उनले भने “तर यसको अर्थ यो होइन कि लेबर सरकारले खाद्यान्नको स्तर घटाउन चाहन्छ, श्रममा जनताको अधिकारमा कम स्तर कायम गर्न चाहन्छ ।” उनले थप स्पष्टिकरण दिँदै भने “लेबर पार्टीमा कैयौँ वर्षदेखि यी मुद्दाहरूमा पूर्ण रूपमा एकरूपता भएको छ । यो सरकारको नीति पनि हो ।”

गत आइतबार प्रकाशित फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ६१ वर्षीय नेताले बेलायतसँग अहिले कायम रहेको सम्झौताभन्दा ‘धेरै राम्रो सम्झौता’ गर्ने प्रयास गर्ने बताएका थिए । यो बोरिस जोनसनको प्रधानमन्त्रीत्वकालमा वार्ता गरिएको थियो भने सन् २०२१ मा लागू भएको थियो र सन् २०२५ का लागि पुनरावलोकन गर्ने योजना बनाइएको थियो ।

यसको कार्यान्वयन विशेष गरी उत्तरी आयरल्याण्डको सन्दर्भमा सहज हुन सकेको छैन । ‘ब्रेक्जिट’ ले बेलायती अर्थव्यवस्थामा नकारात्मक प्रभाव परेको छ र रहिरहने कतिपय अर्थशास्त्रीहरूले बताउने गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!