समाजसेवामा रमाउँदै ‘शान्ति’

SHARE:

मगर समुदायभित्र मात्र होइन, नेपाली समुदाय बेलायतमा पनि एकदमै परिचित नाम हो, शान्ति थापा कुँवर मगर । नेपाली समुदाय बेलायतमा आयोजना हुने धेरैजसो कार्यक्रममा देखिने अनुहार हुन्, शान्ति । झट्टा हेर्दा नामजस्तै शान्त स्वभावकी देखिने शान्ति व्यवहारमा पनि त्यत्तिकै शान्त, सरल र मिलनसार छिन् । दिनदुखी र असहायहरुको सहयोग गर्न शान्ति कहिल्यै पछि हट्दिनन् । विशेषगरी ‘विदेशमा रहेका नेपालीहरुले आप्mनो भाषा, कला र संस्कृति संरक्षण तथा सम्वर्द्धन’ गर्नुपर्नेमा उनको जोड छ । ‘यदि हामीले त्यसो गरिएन भने, हाम्रो पहिचान हराउन’ सक्ने उनको ठम्याई छ ।

‘एकतामा बलमा हुन्छ’, कुनै पनि काम सामूहिक र संगठित रुपमा गरियो भने सकारात्मक परिणाम प्राप्त गर्न सकिने उनको विश्वास छ । त्यसैले उनी थुप्रै संघसंस्थामा आबद्ध छिन् । अहिले उनी नेपाल मगर संघ युरोप तथा अमेरिकाको पहिलो संयोजक, मगर संघ युकेको ट्रष्टी सदस्य तथा सल्लाहकार र एनआरएनए आईसीसी सदस्यको भूमिकामा छिन् । एनआरएनए युकेको पहिलो महिला उपाध्यक्ष भई दुई कार्यकाल जिम्मेवारी सम्हालीसकेकी थापा अहिले मगर संघ युके, ग्रेटर रसमुर नेपाली कम्युनिटी, बुद्ध फाउन्डेशन युके, प्रोफेशनल व्युटी संघ युके, मगर संघ युएचएसबी शाखाको सल्लाहकारको भूमिकामा छिन् । त्यस्तै, तमुधिं युके, नर्सिङ्ग एसोसिएनसन युके र तमु समाज युकेको आजीवन सदस्यका साथै विभिन्न संघसंस्थामा आबद्ध छिन् ।

पुख्र्यौली घर दैलेख भई ब्रिटिस गोर्खा आर्मीको ६जिआरमा कार्यरत डब्लूओटी स्वर्गीय बुवा लक्ष्मण थापा तथा आमा यमकली थापाको कोखबाट मलेसियामा जन्मिएकी शान्ति थापाले हङकङस्थित गोर्खा स्कुलबाट प्राथमिक शिक्षा लिने मौका पाइन् । आप्mनो परिवार दैलेखबाट भैरहवा बसाइँ सरेपछि उनले पक्लिहवा हाईस्कुलमा अध्ययन गरे । पोखरा नर्सिङ्ग क्याम्पस, पोखराबाट बिएस्सी नर्सिङ्ग गरी नर्सिङ्ग पेसामा आवद्ध भइन् । अध्ययनको सीमा हुँदैन भनेझंै उनले नर्सिङ्ग सँगसँगै पृथ्वीनारायण क्याम्पस पोखराबाट मानविकीमा स्नातकसमेत उत्तीर्ण गरिन् ।

क्याम्पसमा अध्ययनरत भएदेखि नै विभिन्न संघसंस्थामा आबद्ध हुँदै आएकी थापाले द रेयुकाई, जेसिस, लाइन्स क्लब र मगर संघ नेपालमा समेत सक्रिय भूमिका खेलिएको स्मरण गर्छिन् ।
सन् २००० सालमा नर्सको रुपमा बेलायत छिरेकी शान्तिले नेपालका विभिन्न सरकारी तथा प्राईभेट अस्पताल गरी करिब १७ वर्ष स्टाफ नर्स र सिनियर स्टाफ नर्सको रुपमा काम गरिसकेकी छन् । उनले नेपालगन्ज, दाङ, पाल्पा, सुर्खेत, बुटबल, भैरहवा र पोखरालगायत सरकारी अस्पतालमा काम गरिन् भने काठमाडौंस्थित नर्भिक र काठमाण्डु मेडिकल कलेजमा समेत काम गरिन् ।

‘म नर्स पेसालाई कामको रुपमा भन्दा पनि सेवाको रुपमा हेर्ने गर्छु’, नर्स पेसामै आप्mनो महत्वपूर्ण समय खर्चेकी थापा भन्छिन्, ‘आप्mनो लागि त धेरै गरियो, अब समाजका लागि, असहायका लागि र दुखीहरुको लागि पनि केही गर्नुपर्छ भन्ने लागेर म थुप्रै संघसंस्थामा आबद्ध भएकी हुँ ।’ जिन्दगीलाई ‘सृष्टिकै सबैभन्दा सुन्दर फूल र प्रकृतिको अनुपम वरदान’को रुपमा हेर्ने थापा समाजसेवाबाट आनन्द प्राप्त हुने बताउँछिन् । साथै, विदेशमा बस्दा मातृभूमि नेपालको असाध्यै माया लाग्छ, त्यसैले पटकपटक नेपाल गई समाजसेवामा आवद्ध भइरहेको उनको भनाइ छ ।

अध्यात्मबाट खुसी, स्वस्थ र आनन्द प्राप्त गर्न सकिने विश्वासका साथ पछिल्लो समय ओशो ध्यान गर्दै आएकी थापाले हालै ओशोको आचार्य उपाधि पाएकी छन् ।
कविता लेखन तथा वाचन, गायन, भ्रमण र खेलप्रति एकदमै रुची भएकी थापाले चीन, बंगलादेश, बैंकक, हङकङ, मलेसिया, ब्रुनाई, सिंगापुर, ताईवान, कोरिया र युरोपका विभिन्न देशको भ्रमण गरेकी छन् । धेरैजसो समय समाजसेवामै बिताउँदै आएकी थापा अहिले आप्mनो श्रीमान् उदय कुँवर मगरका साथ क्याम्बर्लीमा बस्छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!