
को हुन यसिया गुरुङ ?
चिम्खोले काईला – बेलायत
यसिया गुरुङ बेलायतमा प्रोपर्टी इन्भेष्ट कम्पनि खोल्ने पहिलो नेपाली महिला हुन। उनको प्रोपर्टी कम्पनीको नाम “तिम्रो स्टेट” हो। “तिम्रो स्टेट” को अफिस बेलायतको केन्ट काउन्टीको आसफोर्डमा रहेको छ।
यसिया गुरुङको पुर्ख्यौली घर पुर्बी नेपालको रुम्जाटार हो भने उनि पिता डमरसिङ गुरुङ र माता मन कुमारी गुरुङको कोखबाट धरानमा जन्मिएकी हुन्। उनका पिता डमरसिङ गुरुङ बृटिश आर्मीमा कार्यरत भएकाले उनि ब्रुनाई र बेलायतमा हुर्किएका हुन्।
यसिया गुरुङको प्राराम्भिक शिक्षा चेरिटन प्रामेरी स्कुलबाट प्रारम्भ भएको थियो भने जिसीएससी आसफोर्डको हाइवोर्थ ग्रामर स्कुलबाट उतिर्ण गरेकी हुन् । यसियाले केण्टावरी हाई सिक्स फर्म कलेजबाट कलेज उतिर्ण गरिन् भने कभेण्टरी बिश्वबिद्यालयबाट कानुन बिषयमा ब्याचलर डिग्री उतिर्ण गरिकी छिन्।
यसिया कानुनको बिद्यार्थी भएपनि उनको सानै उमेरदेखि प्रोपर्टीमा बिशेष रुचि रहेकोले उनले गत बर्ष “तिम्रो स्टेट” भन्ने कम्पनि बेलायतमा दर्ता गरिन् भने यस बर्षदेखी सेवा दिन शुरु गरेकी छिन्। उनले बिना शुल्क निम्न तलका बिषयहरुमा सरल नेपाली भाषामा सेवाहरु दिने गरेका छन।
Buy to let Property
By Refurbish Refinance
Service Accomodation
House in Multiple Occupations (HMO)
Residential Property
Commercial Property
FLIPS
Land Purchase for Resident or Farm
यसियालाई खाना पकाउन मन पर्छ भने फुर्सदको समयमा प्रोपर्टी इन्भेष्टमेन्ट सम्बन्धि अध्ययन गर्न मन पर्छ।







