मगर संघ युकेको च्यारिटी कार्यक्रम सम्पन्न

SHARE:

जमुना पुन ।

३० सेप्टेम्बर २०२३, बेलायत। मगर संघ युकेले बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ। सो च्यारिटी कार्यक्रम मगर भवन बिस्तार गर्नको लागि आयोजना गरेको हो।

च्यारिटी कार्यक्रमको पहिलो चरणमा आपतकालीन स्थितिको सूचना, आशनग्रहण, दिप प्रज्वलन गरेपछि नेपाली राष्ट्रिय धुन र मगरको राष्ट्रिय गितबाट शुरुआत गरीएको थियो। सो कार्यक्रममा दिबंगत आत्माहरुको चिर शान्तिको लागि दुइ मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा मगर संघ युकेका शाखा समितिहरुको प्रतिनिधित्व गर्दै युएसबिसी अध्यक्ष ऋषिराम रानाले शुभकामना मन्तब्य दिएका थिए भने ट्रष्टीहरुको तर्फबाट ट्रष्टी जमुना पुनले शुभकामना मन्तब्य दिएका थिए। त्यस्तै संरक्षक घन थापा, बिशेष अतिथि एनआरएन युकेका अध्यक्ष प्रेम गाहामगर र संस्थापक अध्यक्ष थर्क रानाले पनि शुभकामना मन्तब्य दिएका थिए।

कार्यक्रमको तेस्रो चरणमा यस पटक ११ जनाले नयाँ आजीवन सदस्यता लिएका छन भने डबल (श्रीमान तथा श्रीमती) आजीवन सदस्यता २० जनाले लिएका छन। त्यस्तै एकल आजीवन सदस्यता १० जनाले लिएका छन भने ट्रष्टी सदस्यता ११ जनाले लिएको हाउजिङ्ग सचिब थम रोकामगरले जानकारी दिएका छन। मगर संघ युकेले उक्त नयाँ ट्रष्टी सदस्यहरु र आजीवन सदस्यहरुलाई खडा र प्रमाणपत्रद्वारा सम्मान गरेका छन।

सोहि कार्यक्रममा नेपालबाट बेलायतमा आएका मगर कलाकारहरु शिला आले, कालिका रोकामगर, देबी घर्तिमगर, नबिन रानामगर र मिस मंगोल २०१२ सपना रोकामगरलाई मगर संघ युकेले स्वागत तथा सम्मान गरेका छन। च्यारिटी कार्यक्रममा क्याप्टेन बिर बहादुर थापामगरले मिठा मिठा गीतहरु प्रस्तुत गरेका थिए मगर संघ युकेका युथ समुहले नृत्य प्रस्तुत गरेका थिए।

त्यस्तै महिला मगर संघका अध्यक्ष बिष्णु श्रीस र उनका समुहले राफल ड्र संचालन गरेका थिए भने सगरमाथा कृतिमानी आरोही तथा प्रमुख अतिथि हरि बुढामगरले आफ्नो सर्बप्रथम हिमाल चढ्दाको टोपी अक्सनमा राखेका थिए।

सोहि कार्यक्रममा ए स्टार फाइनान्सका किशोर रानामगरले विलको बारेमा, नुनु पाइजमगरले ओरल हेल्थको बारेमा, डा. रन्जना रोकामगरले मेन्टल हेल्थको बारेमा सचेतनामुलक कुराहरु अबगत गराएका थिए । त्यस्तै सगरमाथा कृतिमानी आरोही तथा कार्यक्रमको प्रमुख अतिथि हरि बुढामगरले शुभकामना मन्तब्य व्यक्त गर्दै आत्मा बिश्वास बधाइदिने भाषण गरेका थिए।

मगर संघ युकेका अधक्ष सिता पुनको अध्यक्षता सपन्न च्यारिटी कार्यक्रमको प्रमुख अतिथि तथा सगरमाथा कृतिमानी आरोही हरि बुढामगर थिए भने बिशेष अतिथिमा एनआरएन युकेका अध्यक्ष प्रेम गाहामगर थिए। च्यारिटी कार्यक्रमका प्रमुख संयोजक तथा उपाध्यक्ष रुद्र थापामगरले स्वागत मन्तब्य दिएका थिए भने महासचिब गुमानसिङ थापामगर र सचिब गोमान पुनले संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!