सन्जय सिंजाली मगर काठमाडौं २ अक्टुबर २०२३ ।

राष्ट्रिय जनमुक्ति पार्टी कार्यकारी अध्यक्ष केशब सूर्यबंशीले देशको अभिभावक र परिवर्तनको संवाहक स्वयम नेपाली जनता भएको बताएका छन् ।
अब नेतृत्व पहिचानबादी पार्टी एकआपसमा समिकरण गरेर देश हाक्नु पर्नेमा दुई मत नरहेको धारण राखे । सोमबार राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल संघीय समाजबादी पार्टि, सामाजिक एकता पार्टी सहित ३ दलको आयोजनामा गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी अध्यक्ष सूर्यबंशी ले धर्मनिरपक्षता, संघीयता र गणतन्त्र जस्ता बिषयमा आफ्नो धारण राखेका थिए ।
अहिले देशमा लामो संर्घष अनि बलिदानी बाट प्राप्त संघीयता गणतन्त्र समाबेशीता अनि धर्मनिरपेक्षता जस्ता उपलब्धी माथि सुनियोजित ढङ्गले प्रहार भईरहेको जनाएका छन् । यस्तै देशको बिभन्न स्थानहरुमा धार्मिक अतिबादी गतिबिधिको चर्काउने र धार्मिक तथा साम्प्रदायिक दङ्गा भड्काउने खालका गतिबिधि प्रति पार्टी गम्भीर रहेको बताए ।
बिगत सात महिना देखि चलिरहेको प्रदेश नम्बर १ कोशी नामाकरण बिरुद्धको आन्दोलन तर्फ सत्तासंचालकहरु लाई सचेत र सच्चिन आग्रह मात्र गरेनन् संबिधान शंसोद्धन सबालमा पून जानुपर्नेमा जोड दिए । कार्यक्रममा सूर्यबंशीले चुनावको परिणामले दल र राज्य प्रणाली माथि प्रश्न उठेको बताएका छन् । चुनावको परिणामले दलहरुबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने बताउँदै सूर्यबंशीले पहिचानबादी दलहरुबीच समझदारी आवश्यक रहेको बताए ।

त्यस्तै सामाजिक एकता पार्टी का अध्यक्ष सिबि गहतराज धर्मनिरपक्षेता, गणतन्त्र र संघीयताको सवालमा सबै पहिचानबादी एक हुनुपर्ने मा जोड दिएका छन् । नेपाल र नेपालीको आधारभूत आवश्यकता भएकाले सबै नेपालीलाई राष्ट्रियताको हितमा जोडीन आवहान गरेका हुन् । धर्मनिरपक्षेता, गणतन्त्र र संघीयताको बिषयमा गम्भिर नहुँदा आज सम्प्रादायिक दोन्द्ध भोग्नु परेको छ । बिदेशको गुलामी हुनुपर्दा नेपालीले महँगीको मारमा भोग्नु परिरहेका छ यसमा सत्ताससंचालकहरु प्रति गम्भिर हुन माग राखे ।
राष्ट्रिय स्वधिनताको सवाल गम्भीर भएर आएको भन्दै त्यसमा प्रतिवद्धताका आधारमा आफूहरुको सहकार्य हुने बताए । “अहिलेको चुनावले केही नयाँ संकेत गरेको छ, नयाँ दलहरुको मिसन र भिजन प्रष्ट भइसकेको छैन । उनीहरु कतातिरको बाटोमा हिड्ने हुन् हेर्न बाँकी छ तर पनि प्रणालीमाथि केही प्रश्न उठेका छन् । दल र नेताहरुले गम्भीरतापूर्वक त्यसको जवाफ नदिए देश अफगानिस्तान र अफ्रिकी मूलुक नहोला भन्न सकिँदैन”नेपाल संघीय समाजबादी पार्टिका अध्यक्ष रिजवान अन्सरीले भने ।







