लन्डन ३ अक्टोबर २०२३ । लन्डनको अल्डरसटस्थित अनुग्रह ज्वेलर्सले ‘आहा दसैंतिहार धमाका–२०२३’ अफर ल्याएको छ । सुन किन्दा सुन नै फ्रि पाइने यो अफर २ अक्टोबरदेखि १५ नोभेम्बरसम्म जारी रहने छ ।
अफरमा ३ भाग्यमानी व्यक्तिले सुनको सिक्का, सुनको एयर टप र सुनको चन्द्रमा जित्न सक्ने छन् । कुनै पनि ग्राहकले ४ हजार पाउन्डाभन्दा माथिको गहना खरिदमा ५० पाउन्डा बराबरको गिफ्ट कार्ड प्राप्त गर्नेछन् । जसमा एमाजोन, बुट्स र नेकस्ट हुन् ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले अफर अवधिमा अनुग्रह ज्वेलर्सबाट सुनको गहना खरिद गरेमा लक्की ड्रमा स्वतः नाम जानेछ । साथै अनुग्रह ज्वेलर्सको फेसबुक र इन्स्ट्राग्राम फलो गरेमा लक्की ड्रमा नाम चढ्ने छ ।






