कृष्णकुमार हेम्ब्या
लन्डन । रेडिङ एक्स ब्रिटिस गोर्खा एसोसिएसन रेग्बाको आयोजनामा पहिलो पटक समर बारवेक्यू पार्टी तथा वार्षिक भेला सफल्तापूर्वक सम्पन्न भएको छ । पार्टी २९ जुलाई आइतबारका दिन रेडिङस्थित सैनिक क्याम्प सेभेन्थ राइफल्सको बू्रक ब्यारेकमा भएको थियो ।
भेलामा ३ सय ५० भन्दा बढी स्थानीय भूपू गोर्खाहरुको उपस्थिति थियो । बारवेक्यू पार्टीको प्रमुख संयोजनको जिम्मेवारी संस्थाका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ तथा कोषाध्यक्ष धनकुमार तामाङ, सचिव हुप थापा मगर, कार्यसमिति सदस्यहरु ले.धरमसिं शाही, ज्ञानु गुरुङ, झगवीर जुग्जाली, चुडाकर्ण थाम्सुहाङ आदिले सहयोग गरेका थिए ।
सो दिन हुप थापाद्वारा व्यवस्थित ड्राफ्ट वियर पार्टीमा फरक रौनक ल्याएको थियो । मनोरञ्जन सहसचिव मनोज गुरुङ र बारवेक्यूको जिम्मेवारी झगवीर जुग्जालीले लिएका थिए ।
रेडिङ एक्स ब्रिटिस गोर्खा एसोसिएसन रेडिङवासी भूपू गोर्खा र तिनको परिवारहरुको सहयोगको लागि स्थापना भएको एक कल्याणकारी संस्था हो । साढे ५ सयजति सदस्य रहेको यो संस्थाले लामो समयदेखि भूपू गोर्खाहरुलाई आवास, अस्पताल, पेन्सन क्रेडिटलगायत विभिन्न फारम भर्न मद्दत पुर्याउँदै आएको छ ।
सो कार्यक्रमले रेडिङवासी गोर्खाहरुबीच कायम रहेको आपसी सद्भाव, सहकार्यलाई अझ सदृढ गर्न थप मद्दत गरेको आयोजको दाबी छ ।






