नेपालको बझाङमा भूकम्पमा परी ११ जना घाइते

SHARE:

काठमाडौं ३ अक्टुबर २०२३ ।

नेपालको बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ ।

आज दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बेलुका ५ बजेर १९ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहेपछि मानिसहरू घरबाहिर निस्किएर खुला चौरमा बसेका छन् । भूकम्पका कारण घाइते हुनेको सङ्ख्या ११ जना पुगेको छ । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!