नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

SHARE:

काठमाडौं ३ अक्टुबर २०२३ ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

सरकारले बजेटमार्फत भने चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमात्रै भएको थियो ।

विश्व बैंकको नेपालको आर्थिक वृद्धिको प्रक्षेपण सन्तोषजनक रहेको जनाएको छ । मौद्रिक नीति खुकुलो बन्दै जानु, पर्यटन क्षेत्रमा सुधार आउनु, आयातमा लागेको प्रतिबन्ध हट्नुले नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक रहने विश्व बैंकको अनुमान छ ।

विश्व बैंकले आज सार्वजनिक गरेको आफ्नो अर्धवार्षिक प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८१–८२ मा भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरिएको छ । नेपालमा लम्पी स्किन महामारीले पारेको प्रभावलाई ध्यान राखेर यो वर्षको आर्थिक वृद्धिको प्रक्षेपण गरिएको विश्व बैंकले स्पष्ट पारेको छ ।

यो वर्ष कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य रहे पनि सेवा क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने विश्व बैंकको प्रक्षेपण छ। चालु आर्थिक वर्षमा मूल्यवृद्धि भने ७.५ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ। जुन राष्ट्र बैंकले निर्धारण गरेको लक्ष्यभन्दा बढी हो ।

राष्ट्र बैंकले यो वर्षमा ६.५ प्रतिशतमा मूल्यवृद्धि कायम रहने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा मूल्यवृद्धि ७.८ प्रतिशत थियो । दक्षिण एसियाको आर्थिक वृद्धिदर भने ५.८ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!