बझाङ भूकम्प: एक जना बेपत्ता, १७ घाइते

SHARE:

बझाङ ३ अक्टुबर २०२३ ।

बझाङमा आज गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।

जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न गएकी ४५ वर्षीया गुनमति धामी पहिरोमा परि बेपत्ता भएकी छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएका विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीमध्ये केहीको जिल्ला अस्पताल र केहीको नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

भूकम्पका कारण ३१ वटा निजी घर र केही विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक भवनहरू भत्किएका छन् । भूकम्पका कारण पहिरो गएपछि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउने काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!