प्रवासी नेपाली मञ्च यूकेको दशैं तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न

SHARE:

लन्डन ३ अक्टोबर २०२३ । प्रवासी नेपाली मञ्च यूकेले नेपालबाट आएका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा दशैं तिहारसहितका नेपाली पर्वहरुको अवसरमा शुभकामना कार्यक्रम गरेको छ ।

जनवादी गायक जीवन शर्मा, लोकदोहोरी गायक राजु परियार र गायिकाद्वय शिला आले र पूर्णकला बिसीको बेजोड सांगीतिक प्रस्तुतिमा सोमबार लेस्टरको ‘जंगल क्लब’ मा दशैंतिहार शुभकामना कार्यक्रम गरिएको हो । मिडल्यान्डका विभिन्न क्षेत्रसहित लन्डन र आसपासबाट समेत तीन सय बढी सहभागी कार्यक्रम कम औपचारिक र बढी मनोरञ्जनात्मक थियो।

मञ्चका अध्यक्ष तुंगभद्र भुसालले अध्यक्षता गरेको कार्यक्रममा अन्यत्रजस्तो अनावश्यक आसन र भाषणको दिक्दारी थिएन । कसैलाई प्रमुख वा विशेष अतिथि समेत नबनाएर उपस्थित सबैलाई समान दर्जा कार्यक्रममा अर्को नौलोपन थियो । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा र पूर्वअध्यक्ष भक्त गुरुङ, मञ्चका संस्थापक अध्यक्ष आकलजंग लामालगायतले दिएका शुभकामना सन्देशका भिडियोहरु बजाइएको थियो ।

मञ्चका अध्यक्ष तुंगभद्र भुषालले संस्थाका तर्फबाट दशैं, तिहार, छठ, नेपाल संवतसहितका सबै नेपाली पर्वको शुभकामना व्यक्त गरे । कार्यक्रमलाई सफल पार्न योगदान गर्ने सबैप्रति उनले आभार प्रकट गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!