एनआरएनए उपाध्यक्षमा पुनः उम्मेदवारी दिने हेमराज शर्माको घोषणा

SHARE:

लण्डन ४ अक्टुबर २०२३ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष हेमराज शर्माले संघको ११ औं महाधिवेशनमा पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शर्माले एक विज्ञप्ति जारी गर्दै आफू महासचिव हुँदा गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्थामा रहेको बताउँदै एनआरएनए रूपान्तरणका लागि पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । साथै उनले संस्था रुपान्तरणका लागि उनले ९ बुँदे रोडम्याप (मार्गचित्र) पनि सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमार्फत उनले सबैको एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी, दिगो, सवल र बहुआयामिक एनआरएनएको अवधारणा सार्वजनिक गरेका हुन । त्यस्तै, ज्ञान सीप र नवप्रर्वधनका लागि एनआरएनएले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनको जोड छ । एनआरएनएमा उत्तरदायी र पारदर्शी वनाउदै नेपाल सरकारको साझेदारका रुपमा विकसित गर्नुपर्ने आवस्यकता औल्याउँदै उनले भावी कार्ययोजनासहित प्रबिद्धता अघि सारेका छन् ।

संघको प्रवक्ता तथा महासचिवको जिम्मेवारी सम्हालिसकेका शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुन् । सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आईसीसी सदस्यमा मनोनित भएका थिए ।

उनी एनआरएनए विधान समितिका संयोजकसमेत हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!