एमसीसी परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्नेछ: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं ४ अक्टुबर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामार्फत अगाडि बढेको आयोजना नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताएका छन् ।

परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए । परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने भन्दै उनले प्रसारणलाइनबाट गुणस्तरीय ऊर्जा उपलब्ध गराउन सम्भव हुने बताए ।

साथै विद्युत निर्यातमा समेत सघाउ पुग्ने उनको भनाइ छ । नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरिएको समेत उनले बताए ।

एमसीसी सम्झौता भएको ३० अगष्टको दिन नेपाल–अमेरिका सम्बन्धको महत्वपूर्ण मिति भएको भन्दै उनले भने, ‘यो परियोजना नेपाल र अमेरिकाको बढ्दो आर्थिक साझेदारीको प्रतिबिम्ब पनि हो ।’कार्यक्रममा अर्थमन्त्री डा‍. प्रकाशशरण महतले एससीसी परियाजना नेपालका लागि महत्वपूर्ण रहेको बताए । यसमा एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्वपूर्ण रहेको उनले बताए ।

आयोजना समयमै सम्पन्न गर्न पूर्ण क्षमताले काम गर्ने भन्दै उनले ठेक्का प्रक्रियामा आएको बढी मूल्यलाई एमसीए नेपालले समाधान गर्ने समेत बताए । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलिस पिटर्सन अलब्राइटले यसबीचमा आफूले सरोकारवाला सबैसँग भेट र छलफल गरेको र त्यसबाट सबैको बलियो प्रतिवद्धता प्राप्त गरेको बताइन् ।

नेपालले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी भएको भन्दै उनले यसबाट २ करोड २० नेपाली जनता लाभान्वित हुने समेत बताइन् । परियोजना ७५ वर्षको सम्बन्धको कोशढुंगा भएको उनको दाबी छ । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपालको समृद्धिको आफ्नै किसिमको यात्रामा सहयोग गर्नु अमेरिकाका लागि खुसीको कुरा भएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!