गोर्खा सैनिकका छोरा तेजन विश्वका अग्ला १४ हिमाल आरोहणको विश्व रेकर्ड राख्ने तयारीमा

SHARE:

लण्डन ६ अक्टुबर २०२३ ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरेर एक जना नेपालीले विश्व रेकर्ड राख्ने तयारी गरेका छन् ।

उनी हुन्, स्याङ्जा स्थायी घर भई हाल बेलायतको बेजिङ्स्टोक बस्ने २८ वर्षीय तेजन गुरुङ । उनले यसअघि ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल आरोहण गरिसकेका छन् । अब अन्तिम हिमाल शिशापाङ्गमाको बेसक्याम्पमा सफा मौसमको पर्खाइमा छन् ।

सर्वोच्च शिखर सगरमाथा, माउन्ट के–२, धवलागिरी लगायतका १३ हिमालको सफलतापूर्वक आरोहण गरिसकेका तेजानको सबैभन्दा सानो उमेरमै १४ अग्ला हिमाल आरोहणको रेकर्ड रहनेछ । २७ मे २०२२ मा पहिलो पटक सगरमाथा हिमाल चढेका तेजानले २ अक्टुबर २०२३ मा मात्र छो–यु हिमाल आरोहण गरेका थिए ।

६ जिआरका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक तेजबहादुर गुरुङ र सुकु गुरुङका सुपुत्र उनको पुरानो घर स्याङ्जा पेल्काचौर हो । पछि बसाइँ सरेर उनको परिवार पोखराको रामघाटमा आएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!