पूर्वब्रिटिस गोर्खा पुर्जा दम्पतीद्वारा असहाय बालबालिकालाई खाद्यान्न सहयोग

SHARE:


लन्डन ७ अक्टोबर २०२३ । पूर्वब्रिटिस गोर्खा ओम पुर्जा पुनमगर दम्पतीले असहाय बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन् ।

यही अक्टोबर ५ तारिख २०२३ मा नेपालमा रहँदा एकीकृत समृद्धि नेपालमा पुगेर ओम पुर्जा र उनकी पत्नी मधुमाया पुनले २० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन् । पुर्जाले यसअघि पनि पटक पटक नगद सहयोग गरेका थिए ।

सहयोगपछि छोटो मन्तव्य राख्दै ओम पुर्जाले आफूले एकीकृत समृद्धि नेपालमा नानीहरुलाई भेट्न र सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । उनले बालबालिकालाई पैसा, चामल, दाललगायत खाद्यान्न अभाव रहेकोले सहयोग गर्न सबैसँग आग्रह गरे ।

पहिलोचोटी बालबालिकालाई भेटेकी माधुमाया पुर्जाले यसअघि आफूले आफन्तहरुलाई सहयोगका लागि पठाएको उल्लेख गर्दै नानीहरुको अनुहार हेर्दा फेरि-फेरि आउँजस्तो लागेको र आउने पनि वचन दिइन् ।

एकीकृत समृद्धि नेपालका अध्यक्ष भीमकुमार रोकाले पुर्जा दम्पतीलाई स्वागत गर्नुका साथै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । उनले भने, ‘यहाँहरुले पहिलेदेखि नै सहयोग गर्दै आउनुभएको छ । यो सहयोगका लागि पुर्जा परिवारलाई धेरै धेरै धन्यवाद । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौं ।’

अध्यक्ष रोकाका अनुसार ती नानीबाबुहरुका लागि राखिको घरको भाडा ४०/५० हजार र विद्यालय शुल्क ५०/६० हजार रुपैयाँ मासिक लाग्ने गरेको छ ।

म्याग्दी बेगखोला जन्मेर बेलायती सेनाको अवकाशपछि कास्की पोखरा महानगरपालिका नदीपुरका बासिन्दा, कर्मथलो बेलायत पुर्जा दम्पती शुक्रबार बेलायत फर्किएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!