अल्डरसटमा एनआरएनए युकेका पूर्वउपाध्यक्ष राष्ट्र राईको शोकसभा

SHARE:

भरतमणि चोङबाङ

लन्डन ८ अक्टोबर २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युके (गाहामगर समूह) ले पूर्वगोर्खा ग्रान्ड माष्टर राष्ट्र राईको स्मृतिमा शोकसभा सम्पन्न गरेको छ ।

अल्डरसटस्थित एनआरएनएको कार्यालयमा शनिबार ७ अक्टोबर २०२३ संघका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति एनआरएनए यूके स्पोर्ट्स कोअर्डिनेसन काउन्सिलका संयोजक तथा पूर्वउपाध्यक्ष राईको स्मृतिमा शोकसभा आयोजना गरिएको हो । 

शोकसभा अध्यक्ष गाहामगर, तामाङ सोसाइटी यूकेका कोषाध्यक्ष मेजर बलदीप तामाङ, ब्रिटिस गोर्खा एन्ड नेप्लिज कम्युनिटी क्याट्रिक डलिङटका अध्यक्ष बिनीकुमार गुरुङ, काउन्सिलर जीव बेल्बासे, धन सार्की, बीजीडब्लुएसका अध्यक्ष मेरि टिकेन्द्र दल देवान जेपी, एनआरएनए यूकेका सल्लाहकार क्या वीर थापा, एनआरएनए यूकेका निवर्तमान प्रमुख संरक्षक शेर सुनार, एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङ भरत, भरत रोका क्षेत्री, सोंपाल समाज यूकेका अध्यक्ष श्रीप्रसाद गुरुङ, किरात राई यायोक्खा प्राइमरी कमिटी गेटर रसमुर अध्यक्ष ध्रुवसरी राईलगायत दीप प्रज्वलन गरेका थिए । त्यसपछि शोकसभामा सिया राईको पाइपर धुनसहित दुई मिनेट मौनधारण गरिएको थियो ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा भएको कार्यक्रममा मञ्च अगाडि राखिएको राष्ट्र राईको तस्बिर राखिएको थियो । त्यसपछि एनआरएनए पदाधिकरी, अतिथिलगायतले मास्टर राईको स्मृतिमा बत्ति बालेका थिए ।

कार्यक्रममा तामाङ सोसाइटी यूकेका कोषाध्यक्ष मेजर बलदीप तामाङ, मगर बुद्धिस्ट कम्युनिटी सेन्टरका कोषाध्यक्ष दण्ड थापामगर, द प्यालेसका सञ्चालक रिषीराम राना, ब्रिटिस गोर्खा एन्ड नेप्लिज कम्युनिटी क्याट्रिक डलिङटका अध्यक्ष बिनीकुमार गुरुङ, बुटवल सेरोफेरो यूकेका अध्यक्ष ताम ढेंगामगर, नेपाल आदिवासी जनजाति महासंघ यूकेका निवर्तमान अध्यक्ष जंग सुनुवार, मगर संघ केन्ट यूकेबाट प्रतिनिधि धनबहादुर बुढा, काउन्सिलर धनबहादुर सार्की, अल्डरसट विलिङ्टन वार्डका काउन्सिलर जीव बेल्बासे, एनआरएनए यूकेका सल्लाहकार क्या वीर थापा, क्या विष्णु थापा, रत्न राई, किरात राई यायोक्खा प्राइमरी कमिटी गेटर रसमुर अध्यक्ष ध्रुवसरी राई, उपाध्यक्ष नमिता राई, एनआरएनए यूकेका निवर्तमान प्रमुख संरक्षक शेर सुनार, एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङ, भरत रोका क्षेत्री, बीजीडब्लुएसका अध्यक्ष मेरि टिकेन्द्र दल देवान जेपी, सोंपाल समाज यूकेका अध्यक्ष श्रीप्रसाद गुरुङ, शिव कल्चरल सेन्टर यूकेका निवर्तमान अध्यक्ष रोहित गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष योगकुमार फगामी, ओमप्रसाद काउछा एनआरएनए आइसीसी सदस्य, शिव कल्चरल सेन्टर यूकेका अध्यक्ष तथा शितलपाटी डटकमका सञ्चालक बाचस्पती रेग्मी, पूर्वब्रिटिस गोर्खालगायतको उपस्थिति थियो ।

राष्ट्र राईबारे आकाश सुनारले बोलेका थिए । सहभागीले तस्बिरमा खादा र पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अध्यक्ष गाहामगर, बीजीडब्लुएसका अध्यक्ष मेरि देवानले राष्ट्र राष्ट्रले विश्वमै दिएको योगदानको चर्चा गरेका थिए । अध्यक्ष गाहामगरले श्रद्धाञ्जलीसभामा उपस्थित सबैमा धन्यवाद दिएका थिए ।

सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक समेत रहेका ५८ वर्षीय राईको २१ सेप्टेम्बर २०२३ का दिन निधन भएको थियो । २०२१ कात्तिक १ गते खोटाङ दिक्तेल रुपाकोटमा जन्मिएका थिए । पूर्वबेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए ।

दिवंगत राईको यही अक्टोटर २० तारिखमा अन्त्येष्टि गरिने एनआरएनए यूकेले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!