चिम्खोले समाज युकेको दसौँ वार्षिकोत्सव सम्पन्न

SHARE:

चिम्खोले काइँला
लन्डन । चिम्खोले समाज युकेको दसौं वार्षिकोत्सव बेलायतको अल्डरसटस्थित कनट स्कुलमा गत शनिबार भव्य रुपले सम्पन्न भएको छ ।

वार्षिकोत्सवमा दसवटा क्यान्डलमा दीप प्रज्ज्वलन गरेर सुरुआत गरिएको थियो । चिम्खोले समाज युकेका अध्यक्ष मोतीबहादुर तिलिजा, जेष्ठ नागरिकहरु चनमाया तिलिजा, वीरबहादुर तिलिजा, एनआरएन युकेका अध्यक्ष योग फगामी, म्याग्दी जिल्लाका नेपाली कांग्रेस अध्यक्ष खमवीर गर्बुजा मोना युकेका अध्यक्ष दल जुग्जाली, राउघाट सेरोफेरोका पूर्वअध्यक्षहरु ठाकुर शेरचन, रत्न शाही, बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष युबहादुर गर्बुजा, बिम समाज युकेका प्रतिनिधि तीर्थबहादुर जुग्जाली, पाखापानी कोटगाउँ समाजका अध्यक्ष रोशन शेरपुञ्जाले उक्त दसवटा दीपलाई संयुक्त रुपमा प्रज्ज्वलन गरेका थिए ।

चिम्खोले समाज युकेका सदस्यहरु र छोरी चेलीहरुको बाख्लो उपस्थिति रहेको कार्यक्रममा नयाँ सदस्य तथा कार्यक्रममा पहिलो पटक उपस्थिति हुने छोरीचेली र उनका परिवारलाई खादा लगाएर स्वागत गरिएको थियो भने यसवर्ष ग्राजुयट गरेका तथा मास्टर डिग्री गरेका छोराछोरीहरुलाई पनि खादाले सम्मान गर्नुका साथै बधाई दिएका थिए ।

कार्यक्रममा अमृत गर्बुजाको नेतृत्वमा सांस्कृतिक कार्यक्रम तथा कमेडी प्रस्तुत गरिएको थियो । सो दसौं वार्षिकोत्सवमा प्रमुख अतिथिमा एनआरएनए युकेका अध्यक्ष योग फगामी, विशेष अतिथिहरुमा म्याग्दी जिल्लाका नेपाली कांग्रेस अध्यक्ष खमवीर गर्बुजा र नेपालका चर्चित तथा वरिष्ठ गीतकार तथा साहित्यकार भावेश भुमरी थिए ।

अतिथिहरुमा मोना युकेका अध्यक्ष दल जुग्जाली, राउघाट सेरोफेरोका पूर्व अध्यक्षहरु ठाकुर शेरचन, रत्न शाही, बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष युबहादुर गर्बुजा, बिम समाज युके प्रतिनिधि तीर्थबहादुर जुग्जाली, पाखापानी कोटगाउँ समाजका अध्यक्ष रोशन शेरपुञ्जाको उपस्थिति रहेको थियो ।

चिम्खोले समाज युकेका सचिव धनबहादुर पुनले सञ्चालन गरेको कार्यक्रमलाई अध्यक्ष मोतीबहादुर तिलिजाले अध्यक्षता गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!