इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको छ : प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १० अक्टुबर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको बताएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा संगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको भन्दै सरकारको तर्फबाट सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिक देशको सर्वाङ्गीण विकासको आधार भएकाले गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पु¥याउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । सबै नागरिकको मानसिक सु–स्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको उनले जानकारी दिए ।

उनले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताए । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्न आवश्यक रहेको जिकिर गरे ।

त्यस्तै स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने बताए । उनले ५४ सालदेखि रोकिएको स्वास्थ्य क्षेत्रको दरवन्दी बढाउने काम छिटै सुरु गर्ने जानकारी दिए । मन्त्री बस्नेतले अहिले ठूला ठूला उपकरण खरिद नगर्ने र भएका उपकरणहरुकै उचित प्रयोगमा लागेको बताए ।

त्यस्तै उनले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित नहुने धारणा राखे । मानसिक स्वास्थ्यः सवैको अधिकार भन्ने नाराका साथ मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको हो ।

नेपालमा १८ वर्षमाथिका व्यक्तिहरुमध्ये दस प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या देखिएको पछिल्लो अध्ययनले देखाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!