पूर्वब्रिटिस आर्मी धनबहादुर गुरुङको निधन

SHARE:

लण्डन १६ अक्टुबर २०२३ ।

पूर्वब्रिटिस आर्मी एवं भूपू प्रधानपञ्च धनबहादुर गुरुङको निधन भएको छ ।

लामो समयदेखि अल्डरसट यूकेमा बस्दै आएका गुरुङको फ्रिम्लीपार्क अस्पतालमा सोमबार १६ अक्टोबर २०२३ मा उपचारका क्रममा निधन भएको हो । गुरुङको शव अहिले अस्पतालमै रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सन् १९४४ अक्टोबर २४ मा जन्मिएका गुरुङको पुर्ख्यौली पर्वत चित्र हो । त्यसपछि पोखराको बागलुङ बसपार्क बस्दै आएका थिए । उनी दुईपटक निर्वाचित भूपू प्रधानपन्च हुन् । समाजसेवी, सदा परोपकार र समाजसेवालाई आफ्नो धर्म मान्ने गुरुङ सबैसामु प्रिय व्यक्ति थिए । गुरुङ भूपू गोर्खाका मुद्दामा समेत धेरै लडेका थिए ।

उनले बेलायतमा हरेर तमुधिं यूकेमा सक्रिय सदस्य, सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए भने मद्दत समूहमा पनि काम गरेका थिए । यस्तै अल्डरसटको वेलफेयर अफिसमा स्वयंसेवक बनेर काम गरेका थिए ।

गोर्खा समुदायका वृद्धवृद्धाहरुलाई बैंक, अस्पतालजस्ता भइपरिआउने कार्यहरुमा समेत सहयोग पुर्‍याउँथे । समाजमा पुर्‍याएको योगदानको कदर स्वरुप उनले तमुधिं यूकेबाट आदर्श तमु अवार्ड पनि पाएका थिए ।

गुरुङका श्रीमती, चार जना छोराहरू छन् । जेठो अस्ट्रेलिया, माइला र साइला यूकेमा र कान्छा हङकङमा बस्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!