काठमाडौं १७ अक्टुबर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा भर्ना भएर स्वास्थ्य चेकजाँच गराएका हुन् ।
आचार्यले निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार चेकजाँचका लागि अस्पताल गएको जानकारी दिए ।
प्रधानमन्त्रीको छातीमा केही समस्याजस्तो देखिएपछि चेकजाँच गर्न डा. शर्माले सुझाव दिएको बताइएको छ ।






