गैर आवासीय मताधिकार र एनआरएनए मन्त्रालय बनाउनै काममा दृढ अठोटका साथ लाग्ने छुः डा. पौडेल

SHARE:


काठमाडौं २९ असोज २०२३ । गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्ष पदका उम्मेदवार डा. पौडेलले संघका उपाध्यक्ष एवं अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ष्ठको टिमबाट उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका हुन् ।

अध्यक्षका दाबेदार डा. पौडेलले सहमति, एकता, संघलाई प्रभावकारी बनाउने र आपसी साझेदारीको मूल लक्ष्यका साथ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। डा. पौडेलका प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा समर्थक रामहरि अधिकारी र वासुदेव भट्ट रहेका छन्।

डा. पौडेलले उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै गैरआवासीय नेपालीलाई मताधिकारको व्यवस्था गर्न नेपाल सरकारसँग गम्भीर र दृढ ढङ्गले संवाद थालनी गर्ने बताए। साथ गैरआवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाका लागि पनि पहल गर्ने उनले बताए।

डा. पौडेलले गैरआवासीय नेपाली संघलाई पारदर्शी बनाउनु पर्ने विषयलाई प्रमुख रुपमा उठाउने प्रतिबद्धता जनाए। डा. पौडेलले आफूलाई सबै क्षेत्रको सहयोग र समर्थन रहेको बताएका छन्।

गैरआवासीय नेपाली अभियन्ता कृष्णजीवि पन्थले एनआरएनए अमेरिका र आइसीसीको महासचिवसहितका जिम्मेवारी रहँदा कुशलताका साथ कार्यसम्पादन गरेका डा. पौडेललाई उपाध्यक्ष पदमा आफूहरूको साथ र समर्थन रहने बताए। फ्रान्सकी गीता थापाले व्यावहारिक र नतिजामुखी कामका कारण डा. पौडेललाई साथ दिएको बताएकी छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!