कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

SHARE:

विराटनगर १८ अक्टुबर २०२३ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेशसभा बैठकमा प्रदेशसभाका दुई तिहाईबढि सांसदहरुको समर्थन सहित कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका थिए भने कार्कीको बिपक्षमा राप्रपाका ५ सांसदहरु रहे । कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!