डा. केसी नेतृत्वको एनआरएनए प्रतिनिधिमण्डल र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

SHARE:

काठमाडौं २८ अक्टुबर २०२३ ।

परराष्ट्र मन्त्री एनपी साउद र गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलबीच छलफल भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा शनिवार विहान मन्त्री साउद निवास पुगेको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसनपछि उत्पन्न परिस्थितिबारे मन्त्रीलाई जानकारी गराएको थियो ।

भेटमा मन्त्री साउदले गैरआवासीय नेपाली संघको हालै सम्पन्न निर्वाचनको मत परिणामलाई आफूले सकारात्मक रुपमा लिएको बताएका थिए । उनले आफू लामो समयदेखि लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले पनि लोकतान्त्रिक प्रकृयाविरुद्ध नजाने प्रतिवद्धता जनाएको एक सहभागीले बताए ।

मन्त्री साउदले गैरआवासीय नेपाली संघको अभियान जुन उदेश्यले स्थापना भएको थियो त्यही अनुरुप अघि बढ्न नसकेको भन्दै गुनासो पनि गरेका थिए । भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा। केसीले निर्वाचनमा आएका असन्तुष्टीहरु सम्बोधन गरेर आफू अघि बढ्न तयार रहेको बताए ।

डा। केसीले संघको निर्वाचनमा धाँधली भयो भनेर बाहिर हल्ला गरिए जस्तो अनियमितता नभएको जानकारी दिंदै निर्वाचन प्रकृयासंग जोडिएका सबै कागजातहरु समेत हस्तान्तरण गरेका थिए । मन्त्री साउदले परराष्ट्र मन्त्रालय प्रचलित कानून र नियमअनुरुप अघि बढ्ने भएको हुँदा नवनिर्वाचित कार्यसमितिलाई विधान अनुरुप संस्था संचालन गर्न सुझाव दिए ।

मन्त्रीसंगको भेटमा गैरआवासीय नेपाली संघका संस्थापक भिम उदास लगायत संघका एक दर्जन पदाधिकारीको सहभागिता थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!