नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा

SHARE:

पोखरा ३० अक्टुबर २०२३ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आएका छन् ।

चार दिने नेपाल भ्रमणका क्रममा उनी दिउँसो सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थल ओर्लिएका थिए । गण्डकी प्रदेशको राजधानी पोखरामा उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले स्वागत गरेका थिए ।

महासचिव गुरेटेसलाई मुख्यमन्त्री पाण्डेले माला पहिर्‍याइएर स्वागत गरे भने मेयर आचार्यले ढाकाटोपी लगाइदिएका थिए । उनको स्वागतमा विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डा र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएका थिए ।

विमानस्थलमा स्वागतपछि उनी फिस्टेल लज गएर केही बेर आराम गरी धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटस्थित विशाल महादेव मूर्तिको अवलोकन गरे भने केही समय फेवातालमा बोटिङ पनि गरे । विगतमा पनि पोखरा आएको स्मरण गर्दै उनले पोखरा निकै सुन्दर रहेको प्रतिक्रिया दिए ।

उनी सोमबारको रात फिस्टेल लजमा बिताउने छन् । मंगलवार बिहानै विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप जाने कार्यक्रम रहेको कास्कीका प्रजिअ बासुदेव घिमिरेले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!