नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्र सङ्घले सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास

SHARE:

काठमाडौं ३१ अक्टुबर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको शान्ति प्रक्रियाको विषयमा विभाजित धारणा देखिनु दुर्भाग्य भएको बताएका छन् ।

मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले महासचिवले नेपालको शान्ति प्रक्रियाको बारेमा राम्रो धारणा राखेता पनि नेपालकै नेताहरूले शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।

‘नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन उहाँको पुरै सहयोग रहन्छ भन्नेमा म विश्वस्त छु । मेरो निमन्त्रणामा आउनुभयो भ्रमण सफल भयो गर्वको कुरा हो यो ।’ उनले भने, ‘नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघका महासचिवको यति राम्रो धारणा छ । तर दुर्भाग्य हाम्रै केही नेता साथीहरूले यस्तो बेलामा देश विभाजित देखाउनुभयो त्यो भने दुर्भाग्यपूर्ण छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!