काठमाडौं ३१ अक्टुबर २०२३ ।

नेपाल टी–२० विश्वकप छनोट खेलमा सेमिफाइनल पुग्न सफल भएको छ ।
मंगलबारको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल ऐतिहासिक अन्तिम चौंथो स्थानमा पुग्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेटाउन सफल भएको हो ।
नेपालको जीतमा कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । कुशल मल्लले कुल ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ४३ रन जोडे । उनले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाउन सफल भएका हुन् । साथै अविनाश बोहराले ४ विकेट लिए ।
मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाउँदा सइद अजिजले अर्धशतक पूरा गरेका थिए । उनले सर्वाधिक ६८ रन बनाउन सफल भए । अब नेपालले समूह ‘ए’ मा रहेको ओमानसँग सेमिफाइनलमा खेल्नेछ । नेपाल र ओमानको समान ४ अंक भए पनि रनरेटका आधारमा ओमान अगाडि छ ।






