यामकुमारीको उपचारमा कुहुँ समाज युकेको १ लाख ५१ हजार ७०० सहयोग

SHARE:

लन्डन १ नोभेम्बर २०२३ ।

म्याग्दीको मंगला गाउँपालिका १, भर्जुलाकी यामकुमारी पुनको उपचारमा कुहुँ समाज युकेले आर्थिक सहयोग गरेको छ ।

घाँस काटने क्रममा लड्दा उनको दाहिने साप्रा भाचिएर मेट्रोसिटी हस्पिटल पोखारामा उपचार भइरहेको छ । उनले आर्थिक सहयोग गरिदिन अनुरोध गर्दै निवेदन पेस गरेपछि कुहुँ समाज युकेका अध्यक्ष लिलामान शेरपुञ्जा र सम्पूर्ण कार्यसमितिहरुको संयोजकत्वमा संकलित एक लाख ५१ हजार ७ सय रुपैयाँ बुधबार हस्तान्तरण गरिएको हो ।

मंगला गाउँपालिका १, २ म्याग्दी समाज पोखरा कास्कीका सचिव श्याम पुन मगरको खातामा रकम पठाई पीडितलाई हस्तान्तरण गरिदिन अनुरोध गरेको र सोहीबमोजिम अध्यक्ष हरिप्रसाद पुर्जामगर, उपाध्यक्ष सन्तु थापा राम्जाली, कोषाध्यक्ष दानबहादुर पुर्जा मगर, सचिव श्याम पुनमगर, व्यवस्थापन सदस्य नरदेबी गर्बुजाले संयुक्तरूपमा हस्तान्तरण गरेको मंगला म्याग्दी समाज पोखराले जनाएको छ ।

गाउँपालिकाले कुहुँ समाज युकेलाई सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!