बेलायतको दक्षिणी भागमा आँधीका कारण विद्युत आपुर्ती नहुँदा हजारौँ विद्यालय बन्द

SHARE:

लण्डन ३ नोभेम्बर २०२३ ।

युनाइटेड किंगडम बेलायतको दक्षिणी भागहरूमा बिहीवार हजारौं घरहरू बिजुलीविहीन भएका छन् ।

तुफान सियारनका कारण हजारौँ विद्यालयहरु बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा, तिब्र हावा र भारी वर्षाले बिजुली आपूर्ति प्रभावित भएको बताइएको छ । आँधीले ज्यान गुमाउन सक्ने चेतावनी दिएपछि दक्षिणी इङ्गल्याण्डका ३ सय भन्दा बढी विद्यालयहरू बन्द गरिएका छन् ।

आज पनि केही विद्यालयहरु बन्द रहने बताइएको छ । जर्सीका करिव ४० जनालाई उनीहरूको घरहरू क्षतिग्रस्त भएपछि बिस्थापित गरिएको थियो । हावाको गति टापुमा १०४ माइल प्रतिघण्टा ९लगभग १६७ किलोमिटर प्रति घण्टा० मा पुगेको थियो ।

सरकारले स्थानीहरुलाई आँधी नरोकिएसम्म घरभित्रै रहन आग्रह गरेको छ । आँधी सियारानले नोभेम्बरमा इङ्गल्याण्ड र वेल्समा रेकर्ड गरिएको सबैभन्दा कम समुन्द्री सतहको चापको लागि नयाँ रेकर्ड बनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!